कुखुरापालन व्यवसाय संकटमा

कुखुरापालन व्यवसाय संकटमा

कंचनपुर जिल्लामा कुखुरापालन व्यवसाय सङकटमा परेको छ । खोरमा उत्पादित कुखुरा लकडाउनका कारण बिक्री ठप्प हुनुका साथै दानाको अभाव भएपछि कुरापालन व्यवसाय नै संकटमा परेका छन् । दाना अभाव ले गर्दा किसान हरुले चामल, मकै आदी अन्न खुवाउने गरे पनि हाल ती वस्तुको अभावले गर्दा तयारी कुखुरा अब खाल्डोमा पुर्नु बाहेक अरु उपाय केहि छैन ।

अहिले कंचनपुर जिल्लामा मात्रै ३ लाख ८० हजार तयारी ब्रोईलर कुखुरा झण्डै १० लाख ६४ हजार किलो रहेको र कुखुरा उठाउन नपाउदा किसान मरिरहेका छन् । दाना ढुवानी गर्ने र कुखुरा उठाउन दिने वाताबरण सिर्जना नभए कुखुरा खाल्टोमा गाडेर साद्धे नहुनुका साथै त्यसको दुर्गन्धले भयावह रोग निम्तिन बेर छैन ।

यस्तो अवस्थामा कुखुरा तथा अन्डा उत्पादन किसान संघ कंचनपुर यो पनि माग राख्दछ कि सरकारले किसान को खोर मा भएको कुखुराको तथ्यांक संकलन गरियोस र भविश्यमा उचित क्षतिपूर्तिप्रदान गरियोस । यात तयारी कुखुरा ढुवानी मा सहज गरियोस । सरकारले लकडाउनको बेला दाना र चल्ला ढूवानी गर्न दिने बताए पनि कुखुरा उठाउन नदिदा दलालीहरुले चलखेल गरेको बुझाई छ ।

सरकारले किसानबाट उत्पादन भएको कुखुरा आयात निर्यात रोकेको अवस्था छ । ह्याचरीबाट उत्पादित चल्ला मुलुकभरि लगेर बेच्न पाउने ! चल्ला बोक्ने गाडीले कोरोना नसार्ने ? तर कुखुरा बोक्दा कोरोना सर्ने ? यो कस्तो नीति, छक्क परेका छौं । ह्याचरीबाट उत्पादित चल्ला र कुखुरा बोक्ने एउटै मापदण्ड हुनु पर्ने हो ।

1 Comment

  1. Mero pani 25000 challa dana npayer Marne vo.
    New prabhat fresh House Poultry farm tikapur(samkarpur’) kailali
    Aba K garne hola.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares