किवी एकपटक रोपेपछि ५० वर्षसम्म फल्ने किवीको कलमी गर्ने प्रविधि सिकौं

किवी एकपटक रोपेपछि ५० वर्षसम्म फल्ने किवीको कलमी गर्ने प्रविधि सिकौं

किवीको व्यवसायिक खेतीका लागि उयुक्त हावापानी समुद्र सतहबाट १००० देखि २००० मिटरसम्मको उचाइ हो । तथापि उचित सिँचाइ र स्याहार सुसार पुगे समुद्री सतहबाट ८०० देखि २९०० मिटरसम्म यसको खेती गर्न सकिने विज्ञहरु बताउँछन् । प्राकृतिक रुपमा १६०० देखि २५०० मिटरसम्मको नेपालको पहाडी जंगलमा किवी पाइन्छ । हिउँद र सक्खा गर्मी मौसममा किवीलाई सिंचाइको आवश्यक व्यवस्था गर्नु पर्दछ । माइनस २ डिग्रीसेन्टीग्रेड वा १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम किवीले सहन सक्दैन । ५ देखि ६.८ पि.एच. भएको माटो विकीका लागि उपयुक्त मानिन्छ । एक बोट किवीलाई प्रतिवर्ष ५० केजी प्राङ्गरिक मल आवशयक पर्दछ । विरुवा रोप्दाको दुरी (स्पेसिङ) ६ मिटर × ६ मिटर हुनु पर्दछ । प्रतिरोपनी १३ देखि १५ विरुवा रोप्नु राम्रो हुन्छ । कतिपयले प्रति रोपनी ५० बोटसम्म भनेका छन् । कम्तिमा एक बोट किवीलाई २०० वर्गफिट जमिन आवश्यक पर्दछ ।

उपोष्ण हावापानीमा हुने किवीफ्रुटले १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम सहन सक्दैन । उपयुक्त हावापानी भएको अवस्थमा २२० दिनमा किवी परिवक्व भएर पाक्दछ । नेपाली जंगलमा पाइने किवी कार्तिक–मंसिरमा पाक्ने गर्दछ । मार्च अन्तिमबाट पाउला पलाउने किवी मध्य मेमा फुल फुल्दछ । पोथी र भाले छुट्टाछुट्टै बोट हुन भएकोले दुबै खालको किवी रोप्नु पर्दछ । १० बोट पाथी बराबर १ बोट भाले आवश्यक पर्दछ ।

किवीफल चिसो हावापानी आवश्यक पर्ने पतझड फलफुल वाली हो ।
विभिन्न तापक्रम र हावापानीमा हुने किवी फलको जातहरुको विकास भएको छ ।
धेरैजसो किवीफलको लागी हिउँदे महिनामा ४०० देखि ८०० घण्टा चिलिङ् तापक्रम (७ डिग्री सेन्टीग्रेट भन्दा कम ) एक महिना सम्म आवश्यक पर्दछ ।
किवी फललाई उचाई अनुसार वगान व्यवस्थापन मिलाउन पर्दछ ।
बढी उचाई हुने क्षेत्र ( १६००मिटर भन्दा माथी ) छाँया हुनु हुदैन र तलको उचाईमा बढी गर्मी हुने हुनाले केही छाँया हुनु पर्दछ ।
उचाई अनुसार पाहाडको मोहडा छनोट गर्नुपर्ने हुन्छ , धेरै उचाई भएको स्थानमा पूर्वि र दक्षिण मोहडा राम्रो हुन्छ ।
कम उचाईको क्षेत्रमा उत्तर पूर्व मोहडा राम्रो हुन्छ । किनकी चिस्यान लामो समयसम्म रहिरहन्छ ।

उपयुक्त जमिन (माटो ) :

पानी नजम्ने सबै प्रकारको माटोमा यसको खेती गर्न सकिन्छ ।
किवीफलको जरा धेरै गहिरो जादैन ।
यसको जरा केहि मोटो कुरीलोको जस्तो हुन्छ ।
यसको जरा भएको वालीलाई माटो खुकुलो ,वलौटे दोमट माटो राम्रो हुन्छ ।
माटोको अम्लियपना ६ देखी ६.५ सम्मको राम्रो हुन्छ ।
बढी बलौटे माटो भएमा चाडै सिचाई गर्नु पर्दछ ।
बढी चिम्ट्याईलो माटो सुधार गर्न कम्पोष्ठ मल धेरै प्रयोग गर्नु पर्दछ ।
भिरालो जग्गामा माटोको खाद्यतत्व जोगाउन वर्षाको पानीको राम्रो निकास गर्नु पर्दछ ।
सम्म जमिनमा पनि पानी जम्न नदिन राम्रो निकासको व्यवस्था मिलाउनु पर्दछ ।
भक्तपुरका कृषकले धान खेतमा पनि किवी लगाएको पाईएको छ ।

विरुवा रोप्ने तरिका :
फलफुल वगैँचामा दीर्घकालिन लगाएत पर्ने भएकोले वगैँचा स्थापना गर्नु अघि उपयुक्त वगैँचाको रेखङ्कन विधि अपनाइ छनोट गरीएको जमिनमा आधार रेखा कोरेर उपयुक्त दुरिमा विरुवा रोप्न, लेआउट गर्नुपर्छ ।

वर्गाकार , चर्तुभुजाकार , क्विन्कस , कन्टुर र षट्कोण आकार पद्धति मध्ये ठाउँ अनुसार कुनै एक तरिकाको प्रयोग गरी लेआउट गरिन्छ । यसको लागि केही हल्का भिरालो जमिन उपयुक्त हुने भएकोले कन्टुर विधिको उपयोग गरि किवी वगैँचालाई उत्तर दक्षिण फैलन सक्ने गरी रेखाङ्कन गरेर विरुवा रोप्ने व्यवस्था मिलाइन्छ ।
सामान्य तथा हेवार्डजस्तो वढि झयाङगिने जातलाइ ७–८ मिटरको दुरीमा रोप्ने र अन्य जातहरुलाई ६ मि. (वोटवोटका दुरी) र एक लाइन देखि अर्को लाइनको दुरी ५ मि चर्तुभुजाकार विधि वमोजिम रोप्न सिफारीस गरिएको छ ।

तालिमको प्रणालि एव विरुवा रोप्ने ठाउँ र जात अनुसार रोप्ने दुरीमा फरकपना कायम गरिएको हुन्छ । विरुवा एक पटक लगाएपछि धेरै वर्षसम्म रहिरहेने भएकोले विचार पु¥याएर छनौट गरी स्वास्थ र जातिय शुद्धता रहेको विरुवा खरिद गर्ने व्यवस्था मिलाउनु पर्छ ।

जात खुलेको भाले र पोथी स्पष्ट भएको , स्वास्थ तथा प्रशस्त जरा भएको , राम्रो सगँ जोडिएको , कलमी विरुवा छनौट गरेर वगैँचा स्थापना गर्दा धोका हुदैन । किवीको वगैचामा जात हेरी सामान्यतया व्यवशायीक खेतीमा परागसेचनको लागि भाले लागि भाले वोट र फल उत्पादनको लागी पोथी वोट आवश्यक पर्ने भएकोले सामान्यतया १ः८को अनुपातमा भाले र पोथी वोट विरुवाको व्यवस्थापन गर्नु पर्छ ।

किवी विरुवा रोप्ने उपयुक्त समय हिउँद (पुस महिना) हो । तर पोलीव्यागमा उत्पादन गरेको , पानिको सुविधा भएमा जहिले पनि रोप्न सकिन्छ ।लेआउट वमोजिम बिरुवा केन्द्रमा पर्ने गरि ३ फिट गहिरो र फराकिलो खाल्डो राप्नु भन्दा २ महिना पहिलेनै खनेर १ डोका गोवर मल ५ केजि खरानी, ५०० ग्राम हड्किो धूलो ,२०० ग्राम नाइटो«जन , १०० ग्राम फस्फोरस ,२०० ग्राम पोटास र २५ ग्राम फ्युराडन राम्रो सगँ माटोमा मिसाइ १ फिट उचाइ सम्म खाडल पुर्नुपर्छ र केन्द्रमा चिन्ह लगाइन्छ ।

खाडल तयार गरेर १ महिना पछि प्लान्टिङ वोर्डको सहायतावाट विरुवा खाडलको केन्द्रमा पर्ने गरी नखुम्चाइकन मिलाएर जोर्नी नपुरीने गरी रोप्नु पर्छ । हल्लिनबाट जोगाउन र सिधा वनाउन निगालो वासँको टेका दिइ वाध्नु पर्छ र आवश्यकता अनुसार छापो हाल्ने र पानी दिने व्यवश्था मिलाउनु पर्छ ।

किवी वगैँचामा वाली व्यवस्थापन प्रविधि :

गोडमेल तथा झारपात नियन्त्रण :

किवी फलको जरा धेरै गहिरो नजाने हुनाले माथिल्लो सतहमा माटो खुकुलो बनाउन समय समयमा गोडमेल गर्नु पर्दछ ।
वोटको वरीपरी वर्षामा चाडै झारपातले पलाउछ तसर्थ वर्षमा २ देखि ३ पटक सम्म गोडमेल गर्नु पर्दछ ।
गोडमेल गरेर निस्केको झारपातले फेदको वरीपरी छापो हाल्नु राम्रो हुन्छ ।
पौष माघ महिनामा विरुवा सुसुप्त अवस्थामा गएको समयमा मलखाद प्रयोग गर्नु अगाडी खनजोत गर्नु पर्दछ ।
जेठ असार र साउन भाद्रमा पुन झार पात उखेल्नु पर्दछ र यूरिया टपड्रस गनुपर्दछ ।
उखेलेको झारपात छापो हाल्नु पर्दछ ।

सिचाइ तथा निकासको प्रवन्ध :
किवीफलको जरा गहिरो भन्दा माथिल्लो सतहमै फैलिने भएकोले सो ठाउमा सधै चिस्यान कायम रहेमा बोटको विकास राम्रो हुन्छ ।

विशेष गरि निम्न बृद्धि बिकास चरणमा सिंचाई अति जरुरी छ :
बिरुवा रोप्ने बखत वा रोपे पछि
मुना पलाउने तथा बानस्वतिक बृद्धिको समयमा
फुल फुल्ने समयमा
फल बृद्धिको समयमा
फल छिप्पिने समयमा
चिस्यानको अवस्था हेरी अरु बेला वोटमा १० देखि १५ दिनमा सिचाई गरि चिस्यान कायम राख्नु पर्दछ ।
किवी स्प्रीकंलर सिचाईले फलको गुणस्तरलाई असर पार्ने भएको पानीको अभाव भएको क्षेत्रमा थोपा सिंचाई उपयुक्त हुन्छ ।
तर वसन्तयामको सुरुमै तुषारो परेको अवस्थामा स्प्रींकलर सिचाई गरि तुषारोको असरलाई न्युन गर्न सकिन्छ ।
भारत लगाएत विभिन्न मुलुकमा भएको अध्ययनले थोपा वा ड्रिप सिंचाई गरेमा बोटको हागां , लहरा आदिको बृद्धि विकास हुने फलको आकार र गुणस्तर बढ्ने आदि फाईदा हुने कुराको पुष्टि गरेका छन् ।

छापो :
विरुवा रोपिसकेपछि खर , पराल र स्याउलाले वाक्लो गरी बोट विरुवाको एक मि वरिपरि सम्म छापो दिनु पर्छ ।
छापोको प्रयोगले माटोमा चिस्यान कायम गनुको साथै झारपात पनि आउनवाट नियन्त्रण गर्छ ।
त्यसैले विरुवा लगाइसकेपछि अनिवार्य छ ।
वगैचामा आएको झारपातलाइ गोडमेल पछि संकलन गरि वोट वरिपरी छापो हाल्ने व्यवश्था मिलाउनु पर्छ ।

किवी वगैँचामा तालीम तथा काटँछाट :
किवीको विरवालाई निश्चित आकार प्रकार वा ढाचाँमा ढाल्न अपनाउने प्रविधिलाइ तालिम भनिन्छ ।
किवीको विरुवालाई रोपेको वर्ष देखिनै निश्चित आकार प्रकारमा ल्याउन उचित व्यवश्थापन गर्नुपर्छ ।यसले गर्दा पछिल्लो वर्षहरुमा लहराको तालिम दिने सजिलो हुन्छ ।
उचित समयमा बैज्ञानिक तरीकावाट तालिम गरीएको खण्डमा फलको गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउन सकिन्छ ।
यसवाट लहराको राम्रो व्यवश्थापन भइ रोग किरा वाट वचाउन र वगेैँचामा काम गर्न सहयोग पुग्दछ ।
व्यवशायीक किवी खेती गर्दा २ प्रकारका तालिम पद्धति अपनाइन्छ ।
१. टि–वार पद्धति
२. छानो पद्धति
प्राकृतिक समस्याहरु
तुषारोको प्रकोप
विशेष गरि २००० मिटरको उचाई भन्दा माथिल्लो क्षेत्रमा यस्तो आउने सम्भावना हुन सक्छ ।
तर स्थान विशेषको विशेष परिस्थितीमा पनि यो समस्या देखिन पनि सक्छ ।
किवीफल सुसुप्त अवस्थामा तुषरो सहन सक्ने भएता पनि बसन्त वा शंरद यामको तुषारोले धेरै नोक्सान पु¥याउन सक्छ ।
धेरै दिन सम्म वाक्लो तुषारोले ढाक्ने अवस्थामा हिउदमा पनि यसले बोक्राको कोषहरुमा क्षेती पुर्याउछ र बाक्रा फुट्ने समस्या आउछ ।

यसको व्यवस्थापन :
यस्तो अवस्थामा सिंचाई गर्दा खासगरि स्प्रिंकलर सिंचाई गर्नुपर्छ ।
फेदमा भुस वा परालको बोराले छोपिदिने गनुपर्छ ।

सुख्खाबाट हुने असर :
लामो अवधि सम्म रहने फलफुलहरु मध्ये किवीफलको अलग्गै विशेषता छ । अन्य फलफुलहरुको जस्तै जरा गहिरो जादैन । सतहको २ फिटसम्मको मात्रै जरा रहने भएकोले सतहको माटो चाडै सुख्न र सुख्खाको असर पर्दछ ।
माटो सुख्खा भएको अवस्थामा बाटको विकासमा नकारात्मक असर पर्न जान्छ ।
पातहरु खैरो अनि पहेलोपना देखिन थाल्छ , पात खुम्चिन थाल्छन् ।
पातका किनारा डढ्न थाल्छन् ।

यसको व्यवस्थापन :
यसको अवश्थामा सिंचाई गरिदिनु पर्र्छ ।
चिस्यान कायम राख्न फेदमा भुसवा परालले छोपिदिने गर्नुपर्छ ।

चर्को घामको असर :
धेरै चर्को घामले पनि किवीफललाई असर पुर्याउछ ।
खास गरि मुख्य हागाँ, डाठहरु, फलहरु नागो देखिने अवस्थामा यसरी घामको असर पर्दछ ।
यसको असरमा डाठको वा फलको बोक्रा फुट्ने , खुईलिने लक्षण देखा पर्छ ।
यसको व्यवस्थापनको लागि घामको असरको अवस्था देखा पर्ने स्थानहरुमा कांटछाट ९हिउदे र वष० गर्दा केही मात्रामा पातहरु आउने मुनाहरु राखि दिनु पर्दछ , जसले गर्दा फलतथा डाठ नांगो हुने अवस्था आउन दिनु हुदैन ।

हावा हुरीको असर :
बढी हावाहुरी आउदा लहराहरु र सपोर्र्ट तार हल्लि रहनाले फल रगडिएर फलको गुणस्तर विग्रिन जान्छ ।
फल रगडिंदा घाउ चोट आएर छिट्टै गल्ने पाके जस्तो हुने , कुहिने आदि हुन सक्छ ।
यसको व्यवस्थापनको लागि हावा हुरी आउने दिशातिर घना पातहरु हुने बोट बिरुवा लगाई हावा छेक्ने उपाय अवलम्वन गर्नुपर्छ ।

असिनाको प्रकोप :
नेपालको किवी फल लगाउने क्षेत्रमा असिनाको असरको लागि सम्वेदनसील क्षेत्र पनि हुन् ।
असिनाले फल , मुना, पात , हांगा आदिलाई क्षती पु¥याउछ ।
फलस्वरुप लागेका फलहरुलाई मात्र असर नगरी अर्को वर्षको उत्पादनलाई समेत असर पु¥याउछ ।

यसको व्यवस्थापनको लागि निम्न व्यवश्थापन अपनाउन पर्छ :
सकभर असिना नआउने क्षेत्र छनौट गर्नुपर्छ ,
नाईलनको जालीको प्रयोग गर्नुपर्र्छ ,
किवी वालीमना लाग्ने कीरा र रोगको व्यवश्थापन –

किराहरु:
पातवेरुवा झुसिलकिरा
किराको लार्भा अवश्थामा धेरै प्रजातिका पात वेरुवा झुसिलकिराले पात तथा फल खाएर क्षति पुराउँछ ।
खैरो टाउको भएको झुसिलकिरा प्रजातिवाट वढि क्षति गरेको पाइन्छ ।
वयस्क कीरा पहेलो खैरो रङगको ८–१२ मि. मि. को हुन्छ , कलिलो पातको माथिल्लो भागमा फुल पार्छ ।लार्भाले कलिलो पात एवं चिचिलो अवश्थामा रहेको फलको वोक्रा खाई क्षति पु¥याउछ र फलको विकृति ल्याउनुको साथै गुणस्तर विगार्छ ।

व्यवस्थापन :
नयाँ पालुवा आएपछि कीरावाट असरहरु पर्ने भएकाले अनावस्यक लहरालाई वर्षे काटछाट गरी नियन्त्रण गर्नुपर्छ ।
कीरा लार्भा टिपेर मार्न पनि सकिन्छ ।
आवश्यक भएमा संपर्क किटानासक जस्तै मालाथायन, साइपरमेथि«न प्रयोग गर्न सकिन्छ ।
सर्वोआयल १० मि.लि. प्रति लि. पानिमा मिसाइ १ हप्ताको ३ पटक प्रयोग गर्न प्रभावकारी हुन्छ ।
नीम तेल ३ मि. लि. प्रति लि पानिमा मिसाएर १ हप्ताको फरकमा ३ पटक छर्न उपयुक्त हुन्छ ।

कत्ले किरा :
कीरा धेरै मसिनो खरानी रङ देखि खैरो रङको हुन्छ ।
कत्ले किराबाट किवी खेतीमा बढि नोक्सानी भएको पाइएको छ ।
यो किराले डाठँको , पातको मध्य नसामा र फलमा बसेर रस चुस्ने गर्दछ । रस चुस्ने गर्दछ । रस चुस्न बसेको स्थानमा किराहरु टासिएर बसेका हुन्छन् किराको सङ्ख्या धेरै भएमा खप्टीएर बसेका देखिन्छन् ।
यो किरा लागेको वोटहरुमा पातहरु कम हुने तथा वोट रोगी जस्तो देखिन्छ । फलहरु क्म लाग्ने , गुणस्तरमा विकृती आउने र अन्त्यमा माथिल्ला हाँगाहरु सुक्दै गइ वोट समेत मर्दछ ।

व्यवस्थापन :
सर्वो तेल १५ मि.लि. प्रति लि. पानिमा मिसाएर १ हप्ताको फरकमा ३ पटक छर्ने
निम तेल ३ मि.लि. प्रति लि पानिमा मिसाएर एक हप्ताको फरकमा ३ पटक छर्ने यी विषादिहरु विशेष गरी पौष देखि फाल्गुन महिना सम्म छर्दा प्रभावकारी हुन्छ ।
बढि किरा लागेमा वोटलाइनै नष्ट गर्नु पर्दछ ।
मसिना विरुवा राप्नु भन्दा पहिले दैहिक किटनाशक बिषादीमा डुवाइ उपचार गरेर रोप्नु पर्छ ।
दैहीक किटानशक विषदीहरु जस्तै मिथाइल डेमिटन , डाइमिथोएट आदि प्रयोग गर्न सकिन्छ ।
नर्सरी तथा वगैँचामा रोपेका कलिका विरुवाहरुमा कत्ले किराको नियन्त्रण गर्न दानादार कीटनाशक विषादीहरु ज्स्तै काव्रो फ्युरान २ प्रतिशत, फोरेट १० प्रतिशत , डाइसल्फोटन ज्ञ प्रतिशत , १ देखि २ किलो खास विष प्रति हे। का दरले माटोमा प्रयोग गर्न सकिन्छ ।

फड्के किरा :
फड्के किरा वयस्क अवश्थामा पुगेपछि अण्डा पारी अवस्थामा पुग्छ ।
यो पुच्छर ठाडो उठेको रुपमा देखिन्छ ।
यो किराले बयस्क अवस्थामा दचबअपभल नामक बिरुवामा आश्रय लिइ वसिरहेको हुन्छ ।
किराको वयस्कले विरुवाको पात डाठ तथा फलमा रस चुसी हानि नोक्सानी पु¥याउछ र पछि गुलियो मह जस्तो पर्दाथ निस्काषन गर्छ । यसमा सुटिमोल्ड ढुसि पैदा भई पात डाँठ फल कालो भइ विकृति आउछ ।
विशेष गरी आषाढ , श्रावण महिनामा पात कलिला मुना र फलमा समेत यसले रस चुस्ने र विकृति ल्याउने गर्दछ ।

व्यवस्थापन :
आश्रित बिस्वाको नियन्त्रण गर्ने,
वालीमा नियमित रुपमा निरन्तर अनुगमन गर्नुपर्छ । यदि किराको धेरैले प्रकोप छ र वोट कमजोर हुदैँ गएको छ भने दैहिक विषदि नियमीत रुपमा प्रयोग गर्नुपर्छ ।
सर्वो आयल १० मि.लि. प्रति लि पानीमा हप्ताको अन्तरमा ३ पतक स्पे्र गर्नुपर्छ ।

रोगहरु :
जरा कुहिने रोग :
धेरै ओसिलो माटो एवं पानी जम्ने वा निकास नभएको ् स्थानमा रोगको प्रकोप बढि देखिन्छ ।

व्यवश्थापन :
पानीको निकासको उचित व्यवश्थापन गर्नुपर्छ ।
निकास नभएको पानी जम्ने जमिनमा खेती गर्नु हुदैन ।
माटोको डिस्का उठाइ विरुवा रोप्ने व्यवस्था मिलाउनु पर्छ ।
विरुवा रोप्दा वा गोडमेल गर्दा जरा तथा काण्डमा चोटपटक लाग्न वाट वचाउनुपर्छ ।
फेदमा घाउ देखा परेमा मेन्कोजेबको पेष्ट वनाइ लगाइदिनु पर्छ ।

वोट्राटिस –वि :
यो रोग वा समस्या लामो समय सम्म भण्डारण गरी राखेको फलमा देखिन्छ ।
विभिन्न अवस्थाका फुल, फलमा सक्रमित भएको फल भएमा पछि वोटा«इटिस लाग्दछ ।

व्यवस्थापन :
ओसिलो एवं वाफिलो वातावरणमा यो रोगको आक्रमण बढि हुने गर्दछ ।
यसको असरबाट जोगाउन वर्षे तथा हिउँदे काटँछाट गरी प्रकाश छिर्ने वनाउनु पर्छ ।
फुलवाट फलको दाना लागिसकेपछि र फल टिप्नु भन्दा एक महिना अगाडी सम्म ढुसिनासक विषादी छर्नुपर्दछ ।

स्केलेरोटीनिया :
किवीमा ढुसिले आक्रमण गर्छ ।
यो रोगलाग्दा फूल फूलेको वेला पानीले भिजेको जस्तो भइ ढुसीको खैरो थोप्लाहरु देखिन्छ र पछि फलको भेट्नोमा सेतो धागो जस्तो ढुसी फैलदै घेरा पार्दै जान्छ र भेट्नो कुहिएर फल झर्दछ ।
संक्रमण वढि भएमा फलको भित्रि भागमा कालो गिर्खा देखिन्छ ।
यो पछि सम्म माटोमा रहिरहन्छ र अनुकुल भएमा वालीलाई आक्रमण गर्छ ।
यो रोगले फूल फूलने वेला देखि फल लाग्ने वेलामा आक्रमण गर्ने वढि सम्भावना रहन्छ यस रोगले गर्दा फूल पनि झर्दछ, फलमा घाउ तथा दाग रहिरहन्छ ।

व्यवश्थापन :
वगैचाको सरसफाइ नियमित रुपमा गर्नुपर्छ ।
नियमित रुपमा वर्षे तथा हिउँदे काटछाट गर्नुपर्छ ।
नियमित वगैचामा रेखदेख गर्ने र यस्ता ढुसीको लक्षण देखिएमा ढुसिनासक विषादीको नियमित रुपमा प्रयोग गर्नुपर्छ ।

पातमा थोप्ला देखिने रोग :
वर्षा र शिशिर र ऋतुमा रोग वढि देखा पर्दछ ।
पातमा थोप्ला देखिने धेरै सक्रमण भएमा पात झर्ने र फलको गुणस्तर तथा उत्पादनमा नराम्रो प्रभाव पर्दछ ।

व्यवस्थापन :
वर्षे तथा हिउदे काटछाट , वगैचाको सरसफाइ,नियमित रुपमा आवश्यकता बमोजिम ढुसीनाशक विषादिको प्रयोग गर्नुपर्छ ।

क्राउन गल :
यो रोग किवी वगैँचामा खासै देखा नपरेतापनि सधैँ एक स्थानमा नर्सरी राखेमा नर्सरीमा देखा पर्न सक्छ त्यसैले विरुवा उत्पादन गर्ने नर्सरी २–३ वर्षमा परिवर्तन गरिरहनु पर्छ ।
नर्सरी वा वगैँचामा यो रोग देखा परेमा विरुवा उखेली जलाइ नष्ट गर्नुपर्छ ।
यो लाग्दा जमिनको सतह भन्दामाथि नजिकै काण्डमा सेतो नरम मकैको दाना जस्तो देखा पर्छ र पछि वढ्दै गइ गाँढ जस्तो कालो खैरो रङको हुन्छ ।

व्यवस्थापन :
लक्षण देखा परेमा विरुवा उखेली जलाइ दिनु पर्छ ।
विरुवा लगाउनु भन्दा अगाडी सोलराईजेसन प्रकृया द्धारा माटोमा उपचार गर्नु पर्दछ ।
संक्रमण भएको जग्गामा विरुवा रोप्नु हुदैन ।
यो रोग हाल प्रत्येक वर्षहरुमा किवी वगैँचामा देखा परेको छ ।
यस रोग लाग्दा खास गरी फूलको पत्रदल सेतो रङवाट खैरो रङमा परीणत भइ फक्रनु अघिनै झर्छ ।त्यस्तै पुंकेसर पनि खैरो भइ परीपक्क हुन पाउदैँन ।
यसले गर्दा गर्भाधान भइ फल लाग्दा पनि फलको दाना सानो र विकृत आकारको हुन्छ ।
हालसम्म यस रोगको व्यवस्थापनको उपाय सिफारिस नगरिएको भएता पनि वोर्डेक्स मिक्चरको केहि हदसम्म व्यवश्थापना सहयोग गरेको अनुसन्धानहरुवाट प्राप्त भएको छ ।

किवी फलको विरुवा उत्पादन प्रविधि :
लहरामा फल्ने स्वभावको, वहुवर्षिय र शितोष्ण हावापानिमा हुने उपयोगी फलफूल किवी हो । हिउद महिनामा यसको पात झर्ने भएकाले पतझड फलफूल अन्तर्गत पर्दछ । किवी फल परागसेचन हुने स्वभावको हुने भएकाले बिउबाट उम्रेको विरुवाबाट फल राम्रो लाग्दैन । तसर्थ यसको जातिय गुण कायम राख्नको लागि अलैङिक प्रसारण विधि अपनाउनु आवश्यक छ ।

कलमी प्रविधिबाट विरुवा उत्पादन :
एक विरुवाको मुलकृत्तमा अर्को फल्ने हाँगा जोडेर नयाँ विरुवा बनाउने प्रविधिलाई कलमी भनिन्छ ।परागसेचन हुने फलफूल बालीहरुमा यो प्रविधिबाट विरुवा उत्पादन गर्दा जातिय गुण कायम भै गुणस्तरिय फल उत्पादन हुन्छ ।
यो प्रविधिबाट विरुवा उत्पादन हुदाँ जरा बलियो हुने,विरुवा धेरै वर्ष बाँच्ने,चाँडो फल फल्ने,धेरै फल फल्ने र प्रत्येक वर्ष फल फल्ने भएकाले कृषकस्तरमा विरुवा लगाउन तथा किवी फलको नर्सरी गर्ने किसानलाई यो प्रविधि सिफारिस गरिएको छ ।
किवी फलमा टङ्ग ग्राफटीङ विधि तथा साईड भिनियर ग्राफटिङ गर्दा बढी सफलता पाइएको छ । जसमा ९० प्रतिशत भन्दा बढि विरुवाहरु पाइएको छ ।
रुटस्टकलाई जमिनको सतह भन्दा १० देखी १५ से.मी माथि काट्नको लागि तयार गरिन्छ ।
एक देखी दुई आँख्ला भएको सायनस्टिक टुक्राई सायन र रुटस्टक दुबैलाई छड्के पारी काट्नु पद्र्रछ । दुबैलाई छड्के पारि काटिएको स्थानमा बिचबाट ठाडो काटेर दुबैलाई फंसाएर टम्म मिलाएर राम्ररी जोड्नुपर्छ ।
जोडिसकेपछि ग्राफ्टीङ टेपले हावा र पानि नर्छिर्ने गरी बाँधि दिनुपर्छ । सायनको माथि पटटी काटिएको घाउमा संक्रमण हुन नदिन र सुक्न नदिन मैन वा पाराफिल्म वा पेष्ट लगाउनु पर्दछ ।

यो प्रविधिबाट विरुवा तयार गर्दा २ वर्ष लाग्छ ।पहिलो वर्ष रुटस्टक विरुवा तयार गर्नुपर्दछ र दोस्रो वर्ष कलमी गरी विक्री लायक विरुवा तयार गरिन्छ ।
कलमी गर्ने बिरुवाको तरा तर्फको फेद भागलाई मुलबृत्त (रुटस्टक) भनिन्छ । किवीको रुटस्टक किविफलको बीउ उमारेर तयार गरिन्छ । किवीफलको विरुवा उत्पादन गर्न पहिलो वर्ष रुटस्टक विरुवा तयारी गर्नु प्रमुख र प्रविधि सहज नहुजेल कठिन काम हो ।
नेपालको पहाडी जङगलमा किवी पाईने भएकाले यसको बिउ संकलन गरि उमारेर रुटस्टक बनाउन सकिन्छ । तर जङगली किवीको रुटस्टकको मोटाई किवीफलको जोड्ने हाँगा साईन भन्दा मसिनो हुने भएकाले समस्या हुने देखिएको छ ।
बागवानी फार्म दोलखाको बोचमा जङगली किवीफलको रुटस्टक विरुवा तयार भएको छ ।

सायन छान्ने तरिका :

सायन स्टिक रोग किरा नलागेको स्वस्थ हाँगा, आँख्ला प्रष्ट देखिने तथा पोटिलो हुनुपर्दछ ।
जात एकिन भएको र भाले पोथि छुट्टा छुट्टै राखेको वा एकिन भएको हुनुपर्दछ ।
सायन ६ महिना देखि डेढ वर्ष सम्मको पेन्सिल साईजको हुनुपर्दछ ।

किवी फलको नर्सरी व्यवस्थापन प्रविधि :
अन्य बालीहरुको बीउ उमार्ने ड्याङ तयार पारेजस्तै किवीको विरुवा उमार्ने जमिन तयार पार्नु पर्दछ ।
फागुन चैत्र महिनामा यसको बीउ माटोमा जमाईन्छ । बाहिरी हावाहुरी असिना पानीबाट क्षति हुन नदिन चथा चाँडो उम्रने वातावरण बनाउन प्लाष्टिक घर अथवा टनेल भित्र बीउ छर्ने ड्याङ बनाउनु पर्दछ ।
ड्याङ एक मिटर चौडाई, ६ ईन्चजति उच्चाई र आवश्यकता अनुसार लम्बाई भएको हुनुपर्दछ ।
किवीको बीउ धेरै मसिनो हुने भएकाले बीउ छर्ने समयमा बालुवा मिसाई छर्दा बीउ एकै ठाउँमा खस्न पाउँदैन र सबै ठाउँमा समान रुपले पर्दछ । बिउ लाईनमा छर्दा ४ इन्च फरको दुरीमा छर्नु पर्दछ ।
बिउ उम्रनका लागि उपयुक्त तापक्रमको आवश्यकता पर्दछ । प्लाष्टिक घरभित्र १८ देखि २० डिग्री हुनु राम्रो हुन्छ ।
विउ उम्रन हिलो नभएको र सुख्खा पनि नभएको माटोको चिस्यान चाहिन्छ । विउ व्याडमा छर्नु अघि वेविष्टिन २ ग्राम प्रति लिटर पानिमा मिसाइ तयार गरिएको घोलमा बिउलाई आधा घण्टा भिजाइ उपचार गर्नुपर्दछ ।

विउ उमार्नका लागि कोकोपिट –मधुमास लाई सिड ट्रेमा भरि १० से.मि. को फरकमा लाइन कोरी एकनासले छरी आधा से।मि बाक्लोगरी छोप्ने
दिनमा २० डिग्री र रातमा १० डिग्री से. तापक्रम कायम भएमा २,३ हप्तामा बिरुवा उम्रन सुरु हुन्छ ।
बोच फार्ममा गरिएको अनुभव अनुसार बिरुवा उम्रेर ३,४ पात भएपछि जरखराउने कार्य नगरी राम्रो सँग तयार गरेको ब्याडमा रोप्दा नतिजा राम्रो पाइएको छ ।

किवी फलका जातहरु –

हेवार्ड :
विश्वमै सवभन्दा प्रसिद्ध भएको जात
अन्य जातहरु भन्दा फरक १वर्ष वढि फल्ने अर्को वर्ष कम फल्ने
फल चेप्टो फराकिलो भइ लम्वाइ भन्दा चौडाइ बढि
फलको वोक्रा हरियो रङको
फलमा वाक्लो झुस भइकन पनि नरम
फल स्वादीलो मिठो र गुलियो
वढि चिलिङ चाहिने
ढिलो फल्ने र पाक्ने

एलिसन :
फल हल्का ठुलो र लाम्चो
फल चाडैँ पाक्ने र अत्यधिक फल्ने
अमिलोपना कम भइ स्वादमा मिठो
बढि चिसो हावापानिको लागि उपयुक्त

मोन्टी :
ढिलो फूल फूल्ने भएपनि पाक्ने समयमा अन्य जात जस्तै
झुप्पामा धेरै फल फल्ने वढि फल छाट्नु पर्ने
फल हल्का लामो र मध्यम खालको , भेट्नो साघुरो टुप्पो तिर फुकेको
फलको स्वाद र गुलियोपना मध्यम वढी अमिलोपना भएको

व्रुनो :
फल ढिलो पाक्ने जात
फल सिलिन्ड जस्तो गोलो अन्य जात भन्दा लामो भेट्नो तिर साघुँरो तर टुप्पोतिर हल्का फराकिलो
फलमा गााढा खैरो रङको छाला भएको रौँ व्यादै वाक्लो तर छोटो
अत्यादिक फल्ने स्वाभावको तर ब्कअयचदष्अ बअष्म वढि हुने
अन्य जातको तुलनामा कम चिलिङ भएको स्थानमा सजिलै खेतीगर्न सकिन्छ
चाना वनाउनमा अति उपयोगी
प्रशोधन उद्योगको लागि उपयुक्त जात

अवुट :
फूल अलि चाडैँ फूल्ने अगौटे जात
फल मध्यम साइजको अण्डा आकारको
लामो र वाक्लो झुस फलमा भएको
कम अमिलो पना भएको मिठो र स्वादिलो जात
२ रेड तथा गोल्डेन किवी
फलमा झुस हुदैन , भित्र रातो र पँहेला रंगको गुदि हुन्छ यसका दुई थरी उपजात हुन्छन् ।

न्यमिभल
चाडै पाक्ने (असोजमा)
ग्ुालियो धेरै हुने जात
वजारमुखी जात

सोयु (रातो गुदि हुने ) :
जापान वाट हालै भित्रिएको जात
फल असोजमा नै पाक्ने अलौटे जात
फल हल्का थेप्चो , लाम्चो भइ मधयम साइजको ,
फलमा झुस कम हुने
वाहिरी छाला हल्का पहेलो रङको भित्रि गुदिमा रातो छिर्का हुने ,
फल गुलियो र वास्नादार ।

हार्डि किवी :
ठाउँ अनुसार यसको नाम फरक फरक हुन्छ , यो किवीलाइ हार्डि किवी, वेरी किवी, आर्किटक किवी , वेवी किवी, डिजर्ट किवी तथा ककटेल किवी आदि विभिन्न नामले चिनिन्छ ।
फलमा सानो र मसिनो रौहरु यो खान योग्य हुन्छ,
ईसाई जात , जापान निकै महङ्गोमा विक्री हुन्छ ,
यो जातहरुमा धेरै चिसो (३३ डिग्री से. ) हिउँको समयमा पनि उत्पादन दिन सक्ने क्षमता हुन्छ ।

लेखक : महेश्वर लामिछाने
वागवानि विकास अधिकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares