माटो परिक्षण गर्ने विधि एकचोटी पढौं र जानाैं

माटो परिक्षण गर्ने विधि एकचोटी पढौं र जानाैं

द्रुतगतिमा बढिरहेको जनसंख्यालाई खुवाउन सकिने अन्न उत्पादन गर्नुपर्ने अनिवार्य तथा बाध्यताहरुलाइ हाल आएर कृषि वैज्ञानिकहरु र कृषकहरूकोे चुनौति नै भएको छ । घट्दो खेती योग्य जमिनले बढ्दो जनसंख्याको माग लाई परिपुर्ति गर्नुपर्ने आवश्यकता छ। माटोको विश्लेषण कार्य कृषि कर्मको एउटा महत्त्वपूर्ण पाटो भएकोले माटोको नमुना संकलन गरि जाँच गर्नु नितान्त आवश्यक हुन्छ।

बाली उत्पादन वृदि गर्न रासायनिक मलको सुरु भएपनि असन्तुलित रुपमा रासायनिक मलको प्रयोयले गर्दा समस्याले झन विकराल रुप लिन थालेको छ। दिगो माटो व्यवस्थापन र कृषि उत्पादनमा वृद्धिको साथै मानव स्वास्थ र पर्यावरण संरक्षणको लागि माटो परिक्षण गरि आवश्यकता अनुसार सन्तुलित रुपमा मलखाद प्रयोग गर्नु आवश्यक छ। माटो जाच गर्नुको २ओटा उदेश्य हुन्छन्,पहिलो माटोको उर्वराशक्ति कस्तो छ भन्ने थाहा पाउन र दोस्रो बालीउत्पादनमा कुनै समस्या देखा परेमा त्यसको कारण पत्ता लगाउन ।

माटोको नमुना लिदा ध्यान दिनुपर्ने कुराहरु :

क. माटोको नमुना लक्षित जग्गाको प्रतिनिधित्व गर्ने हुनुपर्छ ।

ख. नमुना लिदा अन्नबालीलाइ ८-१० इन्च गहिरो र फलफुलका लागि ३-४ फिट गहिराइको पिधसम्मको लिनु पर्छ।

ग. नमुना बोट बिरुवाको जरा नजिक तथा मलको थुप्रो नजिकबाट लिनु हुदैन ।

घ. बालि नलगाएको खालि समयमा नमुना लिनुपर्छ

ङ. नमुनाको माटो कम्तीमा आधा के.जि. हुनुपर्छ ।

च. माटो छहारिमा सुकाउनु पर्छ।

छ. माटो नया तथा सफा थैलोमा राखेको हुनुपर्छ ।

माटोको उर्वराशक्ति कति छ र माटो क्षारिय वा अम्लिय छ आदि जानकारी लिनको लागि माटोको नमुना लिएर परिक्षण गर्नुपर्छ। जथाभावी लिइएको माटोको नमुनाबाट सहि नतिजा पाउन सकिन्न त्यसैले नमुना लिदा ध्यानपुर्वक लिनुपर्छ।माटोको नमुना लिनको लागि विशेष गरि माटो निकाल्ने अगर ,कोदालि आदि साधनहरुको प्रयोग गर्न सकिन्छ ।

नमुना बनाउने तरिका :

– संकलित माटोलाइ एकनाससँग मिसाएर ४ बराबर भागमा बाड्ने ।

– ४ भाग मध्येबाट कुनै २ भाग बाकी राखि २भाग हटाउने ।

– बाकी रहेको २भागलाई पनि राम्रोसँग सँगै मिसाउने।

– एकै ठाउँमा मिसाएको माटोलाइ फेरि ४ भाग लगाउने र कुनै २ भाग बाकी राखि २भाग हटाउने ।यहीँ प्रकृयाद्वारा आधा के.जि.नमुना परिणाम नआएसम्म मिसाउने र भाग लगाउदै जाने।

-यहि नमुना विश्लेषणको लागि सफा थैलोमा पोको पारि त्यसमा कृषकको नाम ,ठेगाना मिति ,माटोको किसिम , पहिले कुन बालि लगायकोे ,अब कुन बालि लगाउने जस्ता सम्पूर्ण जानकारी सहित परिक्षण गर्न लाने।

माटाेमा भएको नाइट्रेट,फाेस्फाेरस र पाेटास पत्ता लगाउने तरिका:

-माटाेकाेे निसारण झाेल तयार गर्ने

माटोमा भएका खाद्य तत्वहरु विश्लेषण गर्दा सर्वप्रथम माटोबाट खाद्य तत्वहर निसारण गरेर निकाल्नु पर्छ र अनि मात्र हामीले माटोमा भएका खाद्य तत्वहरु विश्लेषण गर्न सक्छौ । यसरी माटोबाट खाद्य तत्वहरु निसारण गरेर निकाल्न प्रयोग गरिने झोललाइ निसारण झोल भनिन्छ र माटोमा यो राखेर निकालियको झोललाइ माटोको निसारण झोल भन्दछन्। यो निकालिएको झोलबाट माटोमा भएको नाइट्रेट, विरुवाले लिन सक्ने फोस्फोरस र पोटास पनि पत्ता लगाउन सकिन्छ ।

-माटोको निसारण झोल तयार गर्नको लागि १०० ml को बिकर लिने।

-बिकरमा एउटा सोलि राख्न या फिल्टर पेपर दोब्रायर सोलि आकारको रुपमा लिन सकिन्छ ।

-सोलिमा ५ ग्राम माटो राख्ने

-माटोमा १०ml निसारण झोल राख्ने।

-माटोबाट उक्त निसारण झोलले खाद्य तत्व निकाल्छ र माटोको निसारण झोल तयार हुन्छ।

नाइट्रेट पत्ता लगाउने तरिका :

-एउटा चाइनाप्लेट लिने

– चाइना प्लेटमा चार थोपा नाइट्रेट सुचक झोल राख्ने

-त्यसपछि माथि तयार पारिएको माटाको निसारण झोलको १ थोपा तप्काउनु

– निलो रङ्ग देखा पर्छ।यो देखा परेको रङ्लाइ रंगिन तालिकामा दाजेर हेर्ने ।

-यदि गाढा निलो रङ्ग देखा परे मध्यम र धेरै गाढा निलो रङ्ग देखा परे अधिक नाइट्रोजन र रंङ्ग देखा नपरे कम नाइट्रोजन छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।

फस्फाेरस पत्ता लगाउने तरिका

-एउटा टेस्टट्युव लिने

-२ml माटोको निसारण झोल राख्ने

-२ml फस्फोरसको काम गर्ने रियजेन्ट राख्ने

– टिनको २ओटा टुक्रा टेस्टट्युवमा हाल्न

-टेस्टट्युवमा निलो रङ्ग देखा पर्छ।

– यो रङ्गलाई रंगिन तालिकामा दाज्ने।

-यदि निलो रङ् देखियन भने फस्फोरस निकै कम ,अलिअलि देखा परेमा कम, गाढा निलो रङ देखा परे मध्यम र अति गाढा निलो देखा परेमा उच्च मात्रामा फस्फोरस छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ।

पाेटासियम पत्ता लगाउने तरिका

-एउटा टेस्टट्युव लिने

-टेस्टट्युवमा २ml माटोको निसारण झोल राख्ने

-६थोपा पोटासियम रिएजेन्ट न.१ राख्ने

-२ml पोटासियम रियजेन्ट न.२ राख्ने

-१/२पटक हल्लाउने र धमिलो बादल जस्तो देखिन्छ ,बादललाइ रंगिन तालिकामा दाज्ने जसबाट लाइनहरु देखिन्छ ।

यदि कम बादल भएको र तीन ओटै लाइन देखियमा पोटास कम,दुई वटा देखियमा मध्यम र कुनै पनि लाइन नदेखियमा पोटास धेरै छ भन्ने कुरा पत्ताा लगाउन सकिन्छ ।

माटोको पि.एच.जाँच गर्ने तरिका :

माटोको पि.एच. जाँच गर्ने विभिन्न तरिका छन् ती मध्ये पि.एच.मिटर पनि एक सजिलो र छिटो तरिका हो।

पहिले मिटरलाइ ७ को बफरको घोलमा डुबायर पि.एच.७मिलाउने। २०ग्राम माटो बिकरमा राख्ने ,त्यसमा २०ml शुद्ध पानी राख्ने र ग्लास रडले चलाउने ।करिब आधा घण्टा पछि पुनस्ग्लास रडले चलाउने र पि.एच. मिटरबाट रिडिङ् लिने।एउटा रजिस्टरमा रेकर्ड गर्दै जाने ।

माटोलाइ पि.एच.मानको आधारमा तटस्थ ,अम्लिय,र क्षारिय भनिन्छ । सामान्यतया ६.५-७.५मान भएको माटोलाइ तटस्थ ,६.५भन्दा कम भएकोलाई अम्लिय र ७.५ भन्दा बढि भएको माटोलाइ क्षारिय माटो भनिन्छ ।

यदि माटोमा धेरै अम्लिय वा क्षारिय भएमा बालि राम्रो हुदैन । त्यसैले ६ भन्दा कम भएको माटोमन कृषि चुन प्रयोग गरि सुधार गर्न सिफारिस गरिन्छ । कृषि चुनको मात्रा भन्ने कुरा पि।एच मान र माटोको किसिममा भर पर्ट । क्षाारिय माटोलाइ जिप्समको प्रयोग गरि सुधार गर्न सकिन्छ ।

नेपालको परिपेक्ष्य्यमा क्षारिय माटोको समस्या त्यति व्यापक छैझ ।अम्लिय तथा क्षारिय दुबै माटोमा प्रशस्त प्राङ्गारिक मल प्रयोग गर्न सक्नु नै एक उत्तम उपाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares