मासु विशेष- विश्वमा मासुको परिवेश

मासु विशेष- विश्वमा मासुको परिवेश

मानिसहरूलाई मासु अति नै मन पर्दछ । अहिले मासु बिनाको खानेकुरा त खाएजस्तो नै लाग्दैन। म:म, सेकुवा, फ्राइड चिकेन, बेकन, पोर्क बेली र सॉसेजहरू त आहा !! मुखबाट पानी नै रसाउँदछ । ब्रेकफास्ट देखी डिनर सम्मकै खानामा मासुको परिकार हुने गर्दछ। यहाँ आश्चर्यको कुरा के छ भने केही दशक अगाडी मात्र मासु केबल बिलासी खानाको रूपमा वा चाडपर्व विशेष उत्सवहरूमा प्रयोग गरिन्थ्यो । अहिले त रु. १००मा मिठो एभरेस्टको मम खान पाइन्छ । तर यसैलाई विरोधाभास पूर्ण रूपमा हेर्दा, आहारको रूपमा मासु धेरै खुवाउने मान्छेको सबैभन्दा असक्षम तरिका हो । विश्वव्यापी रूपमा हेर्दा, मासु युक्त आहारले खासमा हाम्रो यस ग्रहलाई नै खाइरहेका छाै । त्यो किन हो ? र मासु नछोडीकन हामी यसको बारेमा के गर्न सक्छौँ ? भन्ने प्रश्नमा बिचार गर्नु अहिलेको अवस्थामा महत्त्वपूर्ण छ । यसको लागी हामीले नेपाललाई मात्र नहेरी पुरै विश्वव्यापी रूपमा मासु उत्पादनको अवस्था र सत्य तथ्य जान्न आवश्यक रहन्छ।

नेपाल जहाँ राष्ट्रिय जनावर नै गाई हो, यहाँ गौ मान्स र सुङुर्, बुङुरका मासुजस्ता संवेदनशील विषयको उठान गरेको केही समुदायलाई आपत्तिजनक लाग्न सक्दछ, तर विश्व परिवेशमा यिनीहरूको मासु अत्यधिक रूपमा प्रयोग हुने हुनाले यसबारे पनि कुनै बेविचार नगरी जानकारी लिई राख्नु उचित हुनेछ । मानवले खानको लागि धेरै जनावर राख्छन् । हाल करिब २३ अरब कुखुरा, १.५ अरब गाई वस्तु र करिब १ अरब सुंगुरर भेडाहरू पालिएका छन् । पाल्ने दौरानमा यिनीहरूलाई खुवाउन पनि पर्दछ । खाने मुख अत्यधिक भएको कारण हामीले जानी नजानी पृथ्वीलाई विशाल फिडिंग ग्राउन्ड (खुवाउने मैदान)मा परिवर्तन गरेका छौँ । विश्वमा खेतीयोग्य जमिनको ८३% क्षेत्र पशुधनकोलागि प्रयोग गरिन्छ : चराउनेको रूपमा र चारा बाली खेती गर्न :- जस्तै मकै र सोया खेती । यो भनेको पृथ्वीको कुल क्षेत्रको २६% जमिन हो । यदि हामीले यी बोटहरूका लागि मात्र प्रयोग गरिने पानी समावेश गर्छौँ भने, मासु र दुग्ध उत्पादनले विश्वव्यापी ताजा पानी खपतको २७% ओगट्ने गर्दछ । दुर्भाग्यवश, मासु उत्पादन संसाधनको लागि ब्ल्याक होल (black hole) जस्तो छ।

पशुहरू जीवित प्राणीहरू भएको हुनाले, धेरै जसो खाना उनीहरूको स्वादिष्ट भागहरू बढाउन र उनीहरूलाई जीवित राख्नको लागी प्रयोग गरिन्छ ।चारा बालीबाट पोषक तत्त्वहरूको केही अंश मात्र मासुमा गएर पर्दछ । उदाहरणका लागि, गाईहरूले केवल बोटबिरुवाहरूको ४% प्रोटिन र ३% क्यालोरी मात्र गो मांसको रूपमा दिने गर्दछन् । ९७% भन्दा बढी क्यालोरीहरू मासुको रूपमा आउँदा हराउँछन् । एक किलो ग्राम मासु बनाउनका लागि एउटा गाईले २५ किलो अनाज खानुपर्दछ र १५,०००लिटर पानी प्रयोग गर्दछ । पशुधनको लागी यती धेरै खुराक प्रयोग भइरहेको देखिन्छ तर यसले हामीलाई प्रधान गर्ने भनेको केवल १८% क्यालोरी मात्र हो । पशुहरूलाई खुवाउने खुराक यदि हामी मानवहरूले प्रयोग गर्थ्यौ, हामीले थप ३.५ अर्व व्यक्तिको पोषण गर्न सकिने थियो भन्ने अनुमान विज्ञहरूले गरेको पाइन्छ । अझ प्रदूषण कै कुरा गर्ने हो भने, मानवद्वारा उत्पन्न सबै ग्रिन हाउस ग्यास उत्सर्जनमा १५%जिम्मेवारमा सुउद्योग छ । सन्सारको सबै जहाजहरू, विमानहरू, ट्रकहरू र कारहरू मिलेर संयुक्त रूपमा जति ग्रिन हाउस ग्यास उत्सर्जन हुन्छ, त्यो भन्दा बेसी उत्सर्जन मासु उद्योगबाट मात्रै हुने गर्दछ।

मासुमा अर्को पक्ष पनि छकियो वास्तविक जीवित प्राणीहरूबाट आउँदछ। सुँगुरहरू, गाईबस्तु र कुखुराहरू इतिहासका पुस्तकहरू लेख्दैनन्, तर यदि लेख्थिए त, मानव अरूको पिडा र कष्टमा रमाउने नरसंहार पागलहरूको रूपमा देखा पर्ने थियो। विश्वव्यापी रूपमा, हामीले प्रत्येक दिन करिब २० करोड, र एक वर्षमा ७४ अर्व पशुहरू मार्छौँ । यो भनेको, हामीले मानव जातिको सम्पूर्ण २,००,००० वर्षको इतिहासमा बाँचेका मान्छेहरू भन्दा बढी पशुहरूलाई हरेक १.५ वर्षमा मारेको जस्तो हो ।

‘हामीले त पशुहरूको उद्धार गरेका हौ, यदि हामीले उनीहरूलाई खाने थिएनौ त उनीहरूको अस्तित्व नै रहने थिएन । होला हामीले अन्तिममा गएर उनीहरूलाई खारौला तर हामीले उनीहरूलाई भोजन, आश्रय, र अस्तित्वको उपहार पनि त प्रदान गरेका छौ । त्यसैले हामी त उनीहरूको लागि देउता समान छौ’ भनेर कसैले तर्क पनि गर्न सक्छन् । दुर्भाग्यवश, हामी उनीहरूको लागि त्यति राम्रा देवताहरू चाही पक्कै होइनौँ । हाम्रो धेरैजस्तो मासु कारखाना फार्मबाट आउँछ : विशाल औद्योगिक प्रणाली जहाँ हजारौँ पशुहरू राखिने गरिन्छ । यहाँ सकेसम्म पशुको मासु बढाएर हेर्दा हट्टाकट्टा बनाउनको लागी इन्जिनियर गरिने गरिन्छ, जहाँ जीवनको गुणस्तर जस्ता चीजहरूको कम महत्त्व हुने गरेको पाइन्छ। अधिकतर सुँगुरहरू विशाल झ्याल रहित खोरमा हुर्काइन्छन् जहाँ सुर्को किरण कहिल्यै पनि पर्दैनन् । वयस्क पोथी बुङुरलाई फर्किन पनि नमिल्ने सानो खोरमा राखिन्छ जहाँ उनीहरूले आफ्नो काटिने पालो नआउन्जेल एकपछि अर्को बच्चाको झुन्ड जन्माई रहन्छन्।

दुग्ध गाईहरू निरन्तर आफ्नो दूध आपूर्ति सुनिश्चित गर्न बारम्बार प्रजन नगर्न बाध्य छन्, र जन्म दिएको केही घण्टामै उनीहरूलाई आफ्नो बच्छाहरुबाट अलग गरिन्छ । वधको लागि गाईको मासु मोटो बनाउन, उनीहरू फिड लट्सयानी खुवाउने थलोमा राखिन्छन् : यो एक सीमित फर्किन पनि नमिल्ने पेन हो जहाँ तिनीहरू द्रुत रूपमा अधिक तौल राख्न सक्दछन् । यसो गर्दा रोगहरूबाट मृत्यु नहोस् भनेर उनीहरूमा यान्टिबायोटिक प्रयोग गरिन्छ ।
हामीले प्रयोग गर्ने अधिकांश एन्टिबायोटिकसहरू पशु धनका लागि प्रयोग हुने गर्दछ । जसले छोटो अवधिमा मासु उत्पादनको लागी मद्दत त गर्दछ, तर यसले यान्टिबायोटिक प्रतिरोधहरूलाई इन्धन दिई रहेको हुन्छ र यही मासुको सेवनले हामी मानवलाई पनि बिरामी पर्दा बढी डोजको औषधीको आवश्यकता पर्ने हुन्छ।

अझ हेर्ने हो भने, सबै भन्दा बिजोग कुखुराको मामलामा छ । कारखाना फार्महरूमा कुखुराहरू यति विशाल सङ्ख्यामा टाँसेर राखिन्छ किन उनीहरू आफ्नो प्रकृति अनुसारको सामाजिक संरचनाहरू निर्माण गर्न सक्दैनन्, जसले गर्दा उनीहरू एक अर्कालाई आक्रमण गर्न थाल्छन्।

यसलाई रोक्नको लागि हामीले उनीहरूको चुच्चो र पन्जाहरू काटिदिन्छौ। कारखाना फार्महरूमा, नर चल्ला, बुझिने भाषामा भन्नु पर्दा ब्रोइलर केटा चल्ला, बेकम्मा मानिन्छ : किनकि तिनीहरूले अण्डाहरू दिन सक्दैनन् मासु उत्पादनको लागि उपयुक्त हुँदैनन् । त्यसैले जन्मेको केही मिनेट भित्रमा, तिनीहरू प्राय : ग्यासमा छरिन्छन् र ग्राइन्डरमा पिसिन्छ । प्रत्येक वर्ष सयौँ करडौ चल्लाहरू यसरी मारिन्छन् ।

त्यसो भए के जैविक मासु ठिक होला त ? जैविक खेतीमा पशुहरूलाई न्यूनतम भएपनी आराम प्रदान गर्नको लागी डिजाइन गरिएको हुन्छ । समस्या यो छ कि “जैविक” शब्द नै तन्काइएको छ । ईयु नियमहरूका अनुसार, एक जैविक कुखुरा अझै पनि अन्य पाँच जनासँग एक वर्ग मिटरको ठाउँमा राखिएको पाइन्छ । यो पनि एक प्रकारको बन्धन नै भयो । इमानदारी साथ राम्रो सँग पाल्छु भन्ने किसान पनि होलान् तर आखिर मासु हो त एउटा व्यवसाय नै, अहिले कतिपय जैविक लेबल अधिक पैसा चार्ज गर्ने तरीका बनेको छ । झट्ट हेर्दा जैविक मासु उत्पादन कम क्रूर देखिएता पनि यसको लागी झनै बढी श्रोत लाग्ने गर्दछ । त्यसैले हामीले जैविक मासु खादा केही हदसम्म राम्रो भएता पनि यसले हामीलाई नैतिक माफी भने पक्कै प्रदान गर्दैन । जुन हिसाबले हामीले पशुलाई व्यवहार गरिरहेका छौ, हाम्रो भावी पुस्ताले भने हामीलाई पक्कै पनि घृणाको नजरले हेर्ने छन् ।

जबकि यी सबै कुरा सत्य छन्, केही अरू पनि सत्य छ : कि म:म सारै नै स्वादिलो हुन्छ, फ्राइड किचन खाए पछि आनन्द आउँछ, ससेज त सबै भन्दा मिठो खाजाको परिकार नै हो। मासु खानाले हामी कतिपयलाई सन्तुस्टि तुल्याउँछ । हामीले हाम्रो खाने कुरा कसरी आएको हो हेर्न चाहन्नौ, केवल खान्छौँ अनि रमाउँछौँ । यसले आनन्द सिर्जना गर्छ, यसले हामीलाई पारिवारिक भोजन र बार्बे क्युजस्तो पार्टीहरू गरेर एकसाथ ल्याउने पनि काम गर्छ। मासु खादैमा तपाइ नराम्रो बन्नु हुँदैन र मासु नखाँदैमा पनि तपाईँ असल हुनु हुन्छ भन्न पनि मिल्दैन । जीवन जटिल छ र यस्तै जटिल छ हामीले बनाएको सन्सार । तर हामीले मासु सन्सारको लागी एकदमै अस्थिर र दर्दनाक पिडा रहेछ भन्ने तथ्य थाहा पाए पछि, यसको लागी हामीले के गर्न सक्छौ त ? अहिलेको लागि, सजिलो विकल्पहरू भनेको प्रथम त मासु सेवनको मात्रा घटाउनु नै हो । यसको लागी आफूले खाने मासुको आहारबाट केही प्रतिशत भएपनी घटाउन सकिन्छ, या त कुनै दिन / बार मासु रहित बनाउने, जस्तै हप्तामा ३ दिन मासुले बन्ने केही खाजा खाना नखाने । जीवन स्तर र सन्सारमा यत्ति गर्नाले नै ठुलो फरक पर्न जान्छ ।

यदि तपाईँ कम पिडा सहित उत्पादन गरिएको मासु खान चाहनु हुन्छ भने : राम्रो ट्र्याक रेकर्ड भएको विश्वस्त उत्पादकहरूबाट अधिक लागत लागेता पनि किन्नुहोस् । वातावरणमा प्रभाव पार्न : भेडा, बाख्रा, गाई र भैसिको सट्टामा कुखुरा र सुँगुरको लागि जानुहोस् किनभने उनीहरूले आफ्नो खानालाई अधिक प्रभावकारी रूपमा मासुमा रूपान्तरण गर्दछन् । नेपालमा गौमान्स गैर कानुन मानिन्छ, यसको एक त कानुनकै आधारमा सम्मान गरौँ र अर्को वातावरण र स्वास्थ्य दुवैको लागी हानिकारक भएकोले आफ्नै नैतिकताको आधारमा पनि यसलाई बहिस्कार गरौँ । अर्को गर्नु नै पर्ने कुरा भनेको आफ्नो खानाको इज्जत हो। यदि मासु खान बस्नु हुन्छ भने तपाई त्यसलाई नफ्याक्नुहोस । त्यो खाना आफ्नो थाल सम्म आउन के कति कष्ट, परिश्रम, र बलिदानबाट आउने गर्दछ भन्ने कुरा ख्याल गर्नु पर्दछ । भविष्यमा विज्ञानले हामीलाई सफा मासु दिलाउन सक्दछ, यसको लागी विभिन्न सुरुवात कर्ताहरूले ल्याबहरूमा सफलतापूर्वक मासु उत्पादन गरी सकेका छन्, र यसलाई व्यावसायिक स्तरमा ल्याउन काम भइरहेको छ । तर यस्ता समाधानहरू सबैको पहुचमा आउन अझै धेरै वर्ष बाकी नै छ । अहिलेको लागि, आफ्नो खानामा भएको मासुकोआनन्द लिनुहोस्, तर यसलाई सम्मान पनि गर्नुहोस्। र यदि तपाइँ सक्नुहुन्छ भने : यसलाई बहिष्कार गरेर अरुकेहि विशेष बनाउनुहोस् ।

सतिश खराल
कृषि अध्ययनकर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares