यी हुन लम्पी स्किन रोगका लक्षण, किसानहरुले के गर्ने ?

यी हुन लम्पी स्किन रोगका लक्षण, किसानहरुले के गर्ने ?

काठमाडाैं : नेपालमा पछिल्लो समयमा लम्पी स्किन रोगले पशुपालक किसानहरुका लागि निकै नै तनाव भईरहको छ । सहि जानकारी पाउन नसक्दा किसानहरुले हैरानी खेप्नु परेको देखिन्छ । लम्पी स्किन डिजिजका कारण पशुहरुमा महामारीको संकेत पनि देखिएको छ ।

यो महामारी न्यूनिकरण गर्नका लागि सरोकारवाला मन्त्रालयका रुपमा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयले सहजीकरण गर्न सकेको देखिँदैन । जसरी कोरोना संक्रमण न्यूनिकरण गर्नका लागि आम नागरिक आफै सचेत र चनाखो भएका छन् ।

त्यसैगरी लम्पी स्किन रोगको संक्रमणबाट आफ्ना पशुबस्तुहरुलाई जोगाउनका लागि किसान स्वयं सचेत हुनु पर्ने बेला भएको छ । त्यसका लागि किसानहरुले यी लक्षण आफ्ना पशुहरुमा देखिनासाथ लम्पी स्किन रोग भएको अनुमान गरी पशु स्वास्थ्यकर्मीहरुको सल्लाह लिनु जरुरी देखिन्छ ।

के हुन् त लक्षण :-

– गाईमा शुरुमा ज्वरो आउने
– खाना नखाने ।
– शरीरमा फोका बिमिरा उठ्ने ।
– रगत आउने, मासुको टुक्रासमेत देखापर्ने छ ।
– गाईको दूधमा कमी आउने ।

यस्तो लक्षण देखिएमा अपनाउनु पर्ने उपाय :-

– पोटासले शरीर धुने ।
– घाउ भएको ठाउँमा बेटालिन दल्ने ।
– मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने
– बिरामी गाईलाई अलग्गै राख्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares