असार मसान्त आउनै लाग्दा अनुदानग्राही किसानहरुको रोइलो 🔴

असार मसान्त आउनै लाग्दा अनुदानग्राही किसानहरुको रोइलो 🔴

बितेको केही हप्तादेखी फाट्ट-फुट्ट मलाई किसान साथीहरुको फोन म्यासेज आउन सुरु गरेको हो “अनुदान त पर्‍यो कागज मिलाउन सकेनौ सर ?” उहाहरुलाई मेरो जबाफ थियो कृषि ज्ञान केन्द्रका कर्मचारीहरु तपाईंहरुको कृषि फार्म अनुगमन गरेको खबर फेशबुकमार्फत देखिरहेको छु ।

पक्कै पनि उहाहरु तपाईंहरुसँग यि र यस्तै समस्याहरुको सहजीकरण र समाधानका लागि लकडाउन को बिसम परिस्थिती नभनेर कृषि र किसानमैत्री बन्नुभएको छ फार्म मा पुग्नुभएको छ समाधान उहाहरुसँग छ बुझ्नु सोध्नुहोस् उहाहरु हामी किसानको अबिभावक हुनुहुन्छ ।

अपशोच ! ति किसानहरुको गुनासो मेटिएन समस्या समाधान अझै भएनछ । अन्तिम चरणमा अझ बढी त्यस्ता खबरहरु आउन थालेका छन । चन्द्रागिरी, लुभु, बुडानिल्कन्ठ लगायतका स्थानमा काम गारिरहनुभएका किसानहरुको गुनासो छ । कागज, बिल मिलाउन सकेनौ अब अनुदान फिर्ता जानेभयो महिनौ लाग्यो मिलाउन सकिएन बर्बाद भयो ।

मलाई किसानका यि कुराहरु र ज्ञान केन्द्र किसानहरुको फार्म – फार्म मा पुगेका फेशबुकका ति खबरहरुबिच ३ वटा प्रश्नहरुले उत्तर खोजिरहेका छन ।

👉अनुदान : लक्षित बर्गका किसान (ति किसानले कृषि कर्म त गरेका छन ? काम गरेकै छन भने बिल मिलाउन किन गाह्रो भयो ?)

👉किसानले काम गरेका छन तर अनुदानको निती नियम र भाषा बुझेका छैनन कि ? (त्यसो भए झन्झटिलो किन भयो प्रकृया ?)

👉 कृषि ज्ञान केन्द्र को सहजीरकण ? वास्तविक किसानको पहिचान गर्नचुक्यो कि या किसानलाई सरल भाषामा सम्झाउन ?

मेरो कृषि ज्ञान केन्द्रलाई आग्रह किसानले धेरै कुराहरु नबुझेका पनि हुन सक्छन कृपया बुझ्ने भाषामा सम्झाउनुस् र सहजीकरण गरिदिनुस् । उत्पादन मा लाग्ने किसानलाई छिटो छरितो सेवा प्रदान गरिदिनुस् ।

अनी किसानलाई मेरो आग्रह अब म सँग गुनासो गर्ने हो भने तपाइहरुसँग भएका अनुदानसम्बन्धी सम्पूर्ण काजातहरु मलाई दिनुस् र नेपाल टेलिकम वा एन सि यल कार्यालयबाट तपाईंको ब्यक्तिगत बाहेकका अनुदान सम्बन्धी को को सँग के के बिषयमा कुरा गर्नुभयो कल डिटियल दिन पनि तयार बन्नुस् । म सकेको सहयोग गर्छु । जय कृषि जय किसान । म नेपाली किसान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares