सहजकालको फट्याँग्रो सँकटकालमा सलह

सहजकालको फट्याँग्रो सँकटकालमा सलह

फट्याँग्रो एउटा शान्त र रुख विरुवा/पात खाएर जीवन बिताउने जीव हो भने सलह बथानमा आउने र अन्नबाली, बोटविरुवा सबै क्षण भरमै सखाप पार्ने र खाद्ध्य र बाताबरणीय सँकट सम्म निम्त्याउने किराहरुको बथान हो । सँसारमा यी फट्याँग्रो र सलहको कुल ११००० हजार प्रजातीहरु छन् भन्ने बैज्ञानिक अनुमान छ ।तर एकै प्रजाती सिस्टोसेरा ग्रेगारीया (Schistocerca gregaria) का यी दुईटा जीव रुपका बीच को सम्बन्ध भने धेरै नै रोचक छ ।

फट्याँग्रोका लामा खुट्टा र पँखेटा हुन्छन र ढिलो किसिमले जमिनको नजिक डुलफिर गर्छ र एकान्तमा साबधानी पुर्वक खानपान गर्न रुचाउँछ । सलह भने खुट्टा टेढो भएको, अति खन्चुवा, फटाफट चलफिर गर्ने, माथि-माथि सम्म कयौँ किलोमिटर उड्न सक्ने, आकाश नै ढाक्ने बथान हुने र छिनभरै जमिनमा झरेर बालिनाली रुखपात सखाप पार्ने खालका हुन्छन । । तर सामान्य हरियो रँगको फट्याँग्रो र छिरबिरे टाटेपाटे भड्कीलो रँगको सलह भनेको एउटै जीवको दुइ रुप र अवतार हो र समय अनुसार अवतार परिवर्तन गर्छन भन्ने कुरा सुन्दा जो कोहीलाइ अचम्म लाग्न सक्छ ।

यिनै फट्याँग्राहरु शान्त भएर कतै बस्दा किसानहरुलाइ केहि पत्तो हुन्न तर जब यसले कुनै जैविक अथवा बाताबरणीय सँकटको सँकेत पाँउछ अनि सलहको रुप लिन्छ र बिनाशक भएर आऊँछन । यसको एउटा सानो बथान मै एक करोडसम्मका सदश्य हुन्छन भने एउटा ठुलो बथानमा १०० अर्ब सदस्यहरु र २०,००० टन सम्मन तौल हुन्छ र एउटा सलहले एकदिनमा आफ्नो शरिरको वजन बराबरको खान्छन। यिनिहरु दिनमा कयौँ किमि उड्छन भने रातमा बास बस्ने र खाने गर्दछन। यो जीवको जीवन चक्र पुरा हुन २ महिना लाग्छ भने यिनीहरुले जमिनको केही इन्च जति मुनितिर माटोमा माउले पारेको अण्डाबाट आफ्नो जीवन चक्र सुरु गर्छन। केहि समय अघि बेस्करी पारेको पानीले माटोमा ल्याउने लामो समयसम्मको आर्द्रताले यिनिहरुको सँख्यात्मक वृद्धिमा सहयोग गर्छ। यसैले समय समयको घना बर्षाले यिनिहरुको बिभिन्न ठाऊका फुल पारेका पुस्ताहरुलाइ बढाउन मद्धत गर्छ। यो देखिएका बाह्य कारण भए तर हामीले नजानेका कयौँ अन्य कारणले यिनीहरुको सँख्या वृद्धिमा मद्त गरि राखेको हुन्छ ।

यसरी चरित्र नै यति धेरै फरक भएको जीवरुपहरु कसरी एउटै प्रजाती, एउटै जाती त कुरै छोडौँ, एउटै जीव होला र केहि दिन, घन्टाहरु त के, केही क्षण भित्रमै कुनै बाताबरणीय सँकेतका आधारमा एक अर्कोमा अवतारन्तरण हुन्छ होला त रु यस्तो जातै फरक देखिने जस्तो प्रकृया कसरि सम्भव भयो होला त रु कि कुनै उत्परिवर्तनले यिनिहरुको डिएनए र जीनको समग्र बनोटमा तत्कालै फरक आएको हो तरु यसो हुनुको एउटा थाहा भएको कारण यिनीहरुको शरिरमा आकाश्मत वृद्दी हुन गएको शरोटोनीन हर्मोनले हो र यसले यिनीहरुको शरिरको जीनको अभिव्यक्तिमा ल्याउने परिवर्तनले गर्दा हो ।

फलस्वरुप यिनिहरुको सुसुप्त छिरबिरे रँग गाढा र भड्किलो बन्न जान्छ, लामा खुट्टा छोटा र टेढा हुन थाल्छन, पँखेटा खुम्चिन्छन। अनि दिमागी ब्यबहार धेरै नै परष्कृत भएर र एकान्तबासी बाट समुहबासीमा परिवर्तन हुन्छन र समुहमा कुनै ढिला हिँड्ने अल्छि र असक्षम सदश्य भेटेमा पछि भएको सदस्यले अघि रहेको यस्तोलाइ खाइदिन्छन र बाटो खूला गर्छन। भित्रिरुपमा हुने चाहिँ शरिरको डिएनएको एडेनिन, थायमिन, साइटोसिन र गुआनीनका चार अक्षरले पहिल्यै लेखिएको यिनिहरुको जिनोमको फरक अर्थ आउने गरि अभिव्यक्ती हुने हो। जस्तै, ‘१ किलोमिटर पर सम्मन जानु’ भनेको वाक्यलाइ अक्षरहरुमा कुनै परिवर्तन नल्याइकन तर एउटै अक्षरलाइ स्थान्तरण मात्र गर्दा ‘१ किलोमिटर पर सम्म नजानु’ भन्ने नयाँ वाक्य बन्छ र यसले पहिलेको वाक्यको भन्दा फरक भाव र कार्यर्थ जनाउँछ। जसरी नेपाली वर्णमालामा सग्ला व्यञ्जन अक्षरहरु लाइ आकार, इकार, उकार आदी स्वरवर्णले फरक पार्छ त्यसतै यस्तै गरेर जीन लेख्ने त्यहि डिएनएको जीन बनाउने चार अक्षरहरु एडेनिन, थायमिन, साइटोसिन र गुआनीनहरुलाइ शेरोटोनिन र अन्य बिभिन्न रसायनहरुले अशर गरेर यिनिहरुको अभिव्यक्तिमा फरकपना ल्याउँछन र फट्याँग्रो सलहमा परिवर्तन हुन जान्छ।

पहिल्यै फट्याँग्रोको जीनोममा प्राकृतिकरुपले क्रम मिलाएर लेखिएकोमा यि डिएनए कोडहरुमा सेरटोनीनको कारणले जीनको अभिव्यक्तीमा आनका तान फरक ल्याएर फट्याँग्रो सलहमा परिवर्तन हुन जान्छ। यसका कारण जब बाताबरणमा कुनै सँकट आएको अनुमान यो जीवले कुनै सँकेत मार्फत थाहा पाऊछ, तव पुरै फट्याँग्रोका बथाननै एकिकृत भएर सँकटबाट पार पाउन बिशेष अभियानमा लाग्छन र सलहको रुप लिन्छन भन्ने बैग्यानिक अनुमान छ ।

यस क्रममा शरिरमा बिभिन्न जीव राशायनिक परिवर्तन आएर अवतार परिवर्तन भएको अनुमान लगाउन सकिन्छ ।यस अबस्थामा फट्याँग्रो सलहमा रुपान्तरण हुनु जीनमा कुनै ठुलो परिवर्तन नभएर शरिरभित्र भएकै विद्यमान जीनहरुको अभिव्यक्ती फरक तरिकाले हुनाले हो । यसैगरि मानव र चिम्पान्जीको जिनोममा ९९५ समनता हुदाँमा पनि यति सार्हो भिन्नता आउनुमा जीनहरुको १ ५ को भिन्नताले गर्ने फरक भन्दा पनि यि दुइ प्रजाती बीच समान रहेका भनिएका ९९५ जीनहरुको फरक तरिकाले हुने अभिव्यक्तीले गर्दा हो । मौरीको घारमा सदश्यहरुवीच फरक शारिरिक बनौट र निश्चित कार्य बिभाजन भएर पनि यदि रानी मौरी नाशियो भने घार भित्रकै कुनै सदश्यले रानी मौरीको अवतार लिन सक्छ, यस्तै ज्यामी र डाँग्रे मध्ये जस्को कमि हुन जान्छ, भएकै मध्ये एकबाट अर्कोमा रुपान्तरण भएर आएका उदाहरणहरु भेट्टीएका छन । मौरीमा आउने यो परिवर्तनका लागि पनि उपरिअनुबआँशिक प्रभावको महत्वपुर्ण भुमिका छ।

तर सदश्यहरु विच यसरी एकबाट अर्को रुपमा परिवर्तन भएर त्यो प्रजातीको वथानको समग्र हीत र विकाशमा सहयोग हुने भए पनि डार्विनको मुल भनाइ अनुसार त जीवहरु वीच वाँच्नका लगि सँघर्ष हुदाँ पहिलो सँघर्ष आफ्ना प्रजातीका सदश्यका वीच नै हुन्छ र त्यसपछी मात्रै अन्य प्रजाती सँग सँघर्ष हुन्छ किनकी सजातीयहरुको र नजिकका प्रजातीहरु बिच अवश्यकता समान हुन्छन । तर यसो हुँदाहुदै पनि किन जीवहरु अथवा मानिसहरु वीच एक आपस मा सहयोग र उद्धारमा कहिले काहिँ आफ्नो ज्यानको बाजी मारेर अरुलाइ बचाउने काम र परोपकारी भावना हुन्छ त रु सँकटका बेलामा अस्पतालका स्वास्थ्यकर्मीहरु दिनरात बिर्सेर अरुहरुलाइ उपचार गर्छन।

अग्नीशमक कर्मचारीहरु किन ज्यानको बाजी मारेर अरुको उद्धार गर्न लाग्छन रु गाऊँ समाजमै किन मानिसहरु छरछिमेकको सहयोगको लागि मरिमेटेर लागि परेका हुन्छन रु किन कहिले मानिसहरु सामुहिक, निस्वार्थी, आत्मत्यागी, निष्ठावान हुन्छन र कहिले कहिले स्वार्थी, एकाँकी, व्यक्तीबादी, हिँस्रक, आतँककारी बन्छन । सँकटका बेलामा उद्धारमा खटिएका सेना प्रहरीहरु किन ज्यानमाया मारेर अरुको उद्धारमा लाग्छन रु तर फेरी किन विभिन्न देशका राज्यका कानुन अनतर्गत चल्ने सेना, प्रहरीहरु कहिलेकाहिँ युद्ध अपराध र कानुन बिपरित बल प्रयोग र हिसाँको आरोपमा पर्छन् रु मानिसहरु किन आफ्नो गाँस काटेर र भविष्यका लागि भनेर साँचेको अन्न र नगद सँकटमा परेकहरुलाइ दान गर्छन ?

यस्तो सहयोग कार्य हतारमा र भावाशेषमा गरिएको कुनै आकश्मीक र अनियमीत निर्णय हुन कि मानिसहरुको बँशाणुमै उत्पतीकाल देखि नै आफ्ना निकटजन र सहप्रजातीलाइ सँकटबाट निकाल्ने अन्तरनिहित गुण रहेको हुन सक्छ रु मानिसहरु कुनै दान कार्यमा सँग्लग्न हुन पाऊँदा उनिहरुको मष्तिष्कको सामाजिक सम्बन्धसँग सम्बन्धित कोषिकाहरुमा जीव राशयनिक प्रकृया बढी सकृय हुन जाने कुरा अध्ययनले देखाएका छन ।ओरेगन विश्वविद्धयालयका अनुसन्धानकर्ता बिल हार्बोगका अनुसार मानिसहरु दानकृयामा सँग्लग्न हुँदाका बखत उनिहरुको मष्तिष्कले कुनै नशालु पदार्थ सेवन गरेको अथवा कुनै चिठ्ठा जितेको बेलाको जस्तो खुशिको व्यबहार देखाँऊछ । यसै कारणले हुन सक्छ सँकटमा बेलामा मानिसहरुमा ब्यापक जीव रासयनिक परिबर्तन आएको हुनसक्छ र यसले ल्याउने नतिजाले अपरिचितले समेत उद्धार गर्ने र सँगै बसेर र नजिक भएर एक अर्का सँगसुखदुख साट्ने हुन्छन र अघिपछिको भन्दा फरक र बढी दयालु व्यबहार देखाऊछन ।यस्तो बेलामा मानव शरिरमा परोपकार, आनन्दसँग सम्बन्धित हर्मोनहरु सेरोटोनिन, अक्सीटोसिन, डोपामाइनको मात्रा शरिरमा उच्च हुन गएको पाइन्छ।

जुम्ल्याहाहरु बीचमा गरिएको अनुसन्धानले परोपकारी कामको ३०-६०% भाग बँशाणुगत कारणले हुने र बाँकी सामाजिक बाताबारणीय प्रभावको कारणले हुने देखियो । मानिस मानिसमा हुने फरक फरक परोपकारी भावनाका लागि यससँग सम्बन्धित परोपकारसँग सम्बन्धित जीनको कुनै भागमा एक अर्का बिच बिशेष फरकपन भे्टिएको छ । यसरी परोपकारी भावनाको लागि ३०-६०% भाग बँशानुगतका कारणले हुने भन्नुको मतलब बाकिँ ४०-७०% परोपकारी कामका लागि बाताबरणको पनि महत्वपुर्ण भुमिका हुने देखियो र यस्तो भावना मानिसमा किन र कुनबेला बेलामा घटबढी हुन्छ भन्ने कुरामा अनुसन्धान भए । यस अबस्थामा बाताबरणले कसरी यस्तो परोपकारी भावनाको बिकाश गर्छ त भन्ने सबालमा पनि फेरी बाताबरण र बँशाणुकै भुमिका भेटियो जस्लाइ उपरीअनुबाँशीक प्रभाव (epigenetics) भनिन्छ ।

यसको उदाहरणको लागि त ब्यारेकमा बसेको एउटै सेनाको पल्टन कहिले युद्धमा जान्छ हिँसात्मक काम मा सहभागी हुनु पर्छ र त्यहि पल्टन फेरी कुनै समयमा उद्धारका लागि खटिन्छ र परोपकारी भएर निस्कन्छ। स्वाभाविक रुपमा युद्ध भन्ने बितिक्कै त्यहाँ मारकाटले पहिलो स्थान पाऊछ र उद्धारका बेला आफ्नै ज्यानको बाजी लगाएर मानिसहरुको सेवामा खटिन सक्छ । यसरी सेनालाइ लिखित वा मौखिक आदेश दिइएकै भरमा उनिहरु कसरी एकाएक चमत्कारीक जस्तो लाग्ने फरक फरक भुमीका निर्बाह गर्न सक्षम हुन सकेका हुन त रु

यसको लागी उनिहरुको शरिरमा र बिशेष गरि मष्तिष्कमा जीव राशायनिक र अनुवाँशिक गुणमा आउने उपरिअनुबाँशिक प्रभावको परिवर्तनले यस्तो भुमिका निर्वाह गर्न सक्षम भएका हुन। फेरी यस्तो परोपकारी भावना सबै मानिसहरुमा समान रुपले हुन्छ त रु समान बाताबरणका कारणले गर्दा उपरिअनुबाँशिक प्रभावले फरक मानिसहरुमा ल्याउने एकै प्रकारको स्वभावलाइ छोडेर हेर्ने हो भने फरक फरक मानिस अनुशार फरक फरक परोपकारी भावना भेट्टीइन सकिन्छ । एउटा नियन्त्रीत प्रयोगात्मक सर्वेक्षणमा पाइएको नतिजा अनुसार मानिसमा हुने परोपकारी सम्बन्धी जीन (COMT gene) को डिएनएको भिन्नताले उस्को शरिरमा उत्पन्न हुने एमिनो एसिड को भिन्नताले परोपकारी व्यबहारमा फरक आँउदछ । जस्तै शरीरमा जीनको उत्पादन एमिनो एसिड भ्यालेनिनरभ्यालेनिन र भ्यालेनिनर मेथिओनिन हुनेहरुको समुहले ले चाहिँ मेथिओनिनरमेथिओनिन हुनेहरुले भन्दा दोव्बर नै बढी दान गरिएको भेटियो भने परोपकारी भावना सँग सम्बन्धित जीन भ्यालेनिनरभ्यालेनिन पुर्ण रुपले भएकाले त आफुसँग भएको सबै नै नगद दान गरिएको भेटियो। । जर्मनीको वोन विश्वविध्यालयका मनोविग्य क्रिश्चीयन मोन्टाँगका अनुसार त जनसँख्यामा जातीय अनुबाँशिक बनौट अनुशार फरक फरक परोपकारी भावना हुन्छ ।

ककेशियनहरुको बिभिन्न जातीए समुहहरुमा गरिएको अध्ययनमा यसको जनसँख्याको २५% मा परोपकारी गुण चर्त्रि भ्यालेनिनरभ्यालेनिन, ५०% मा भ्यालेनिनर मेथिओनिन र बाकीँ २५% मा मेथिओनिनरमेथिओनि पाइयो । यसको मतलब परोपकारी गुणको लागि चाहिने भ्यालेनिन एमिनो एसिड हुनेको सँख्या यो समुदायमा ७५% भयो । यसको मतलब उल्लेख गरिएका ककेशियनहरुमा बहुमत जनमा परोपकारी भावना देखियो। तर यो सानो अध्ययनले यस बारेमा कुनै निर्णायक तर्क दिन सक्दैन किनकि यो अध्यन भनेको समुद्रको सतह माथि देखिएको पानिमुनीको बिशाल आइसबर्गको एउटा सानो भाग मात्रै हो ।

बाताबरणले मानवका हजारौँ जीनहरुमा पारेर ल्याउने समग्र अनुबाँशिक र उपरीअनुबाँशीक प्रभावका सामुन्ने एउटा एमिनो एसिडको फरकले मात्रै पार्ने प्रभावलाइ परोपकारी भावनाको मुख्य कारक ठान्नु सुर्यको प्रकाशको अघि सलाइको काँटीको उज्यालोको प्रभावको भुमिका देखे जस्तै हो ।

बिस्तारै बिकाश हुँदै गएको उपरीअनुबाँशीक (epigenetics) क्षेत्रको अध्ययनले मानिस र जीवहरुमा हुने सामाजीकता र परोपकारिता जस्तो गूह्य सामाजिक व्यवहारका बारेमा धेरै नै अनौठा शुत्रहरु प्रकाशमा ल्याएका छन। यदी सामाजीक सहयोग भाव र परोपराकारीता र यसलाइ व्यबहारमा ल्याउने उपरी अनुबाँशीक चरित्र मानिसहरुको बँशाणुसँग सम्बन्धित नभएको भए सानोमा एउटा परिवार, टोल सुधार, छिमेक देखि राष्ट्र र सयुँक्त राष्ट्र जस्ता बिशाल सँगठनहरु मानव सभ्यतामा नहुन पनि सक्थे । उपरीअनुबाँशीक (epigenetics) प्रभावले गर्दा हाम्रो व्यबहारलाइ हामीसँग भएको जीनले मात्रै नियन्त्रण गर्ने नभइ हाम्रो जीवनमा भैपरि आउने बाताबरणीय परिवर्तन अनुसारका सँकेतलाइ ग्रहण गरेर जीव राशायनिक प्रकृया मार्फत जीनको अभिव्यक्तीमा फरक ल्याइ परिस्थिती अनुसार फरकफरक व्यबहार गर्न अनुकुल बनाऊँछ ।

यसकै कारणले गर्दा एकाँकी जीवन र सामाजीक जीवन वाँच्नेहरुको रगतमा गरिएको तुलानात्मक अध्यनले उनीहरुको पुरा शरिरको जीनोम (समग्र जीन)को एक प्रतिशत जीनहरु एकअर्को समुहको भन्दा फरक तरिकाले अभिव्यक्त भएको भेट्टियो । यहाँ एकाँकी र सामाजीक बातावरणले गर्दा दुइ फरक खाले बानी भएका समुह विच समग्र जीनको १% जीन फरक तरिकाले अभिव्यक्ती हुने कुरा त्यति समान्य होेइन जबकि मानव र चिम्पाञ्जी विचमा समग्र डिएनएको शुत्रबद्ध बनौटमा १% फरक, ड्रोसोफिला (फलको झिँगा) र कुखुरासँग सँग ४०% फरक र गाइसँग २०% का फरकले यी तुलना गरिएका प्रजाती र मानिसका बिच यति ठुलो भिन्नता बनाएको छ ।

हालै विश्वभर र नेपालमा कोरोनाभाइरले ल्याएको COVID-19 सँकटबाट देश र जनतालाइ बचाऊँनका लगि नेपालको बर्तमानको सम्पुर्ण श्रोत, शक्ती, ज्ञान, वर्रकत, पेशाागत समुदायहरु र सबै अनुबाँशिक जाती र फरक भुभाग र क्षेत्रका मानिसहरु उतिकै रुपमा सकृय भएर परोपकार र सामाजिक मेलमिलाप लागेको घटनाले परोपकार मानवीय चरित्र र साँस्कृतीक गुण भएको देखिन्छ। विश्व स्वस्थ्य सँगठन लगाएत जातीय बनौट र सभ्याताहरु नितान्त फरक भएका युरोप, एशीया, अमेरिका, अफ्रीका महादेश भित्रका र अन्तर महादेशीय राज्य र सभ्यताहरु विच विज्ञान, प्रविधी र आर्थिक सामाजिक सर-सहयोग लगाएतका बिभिन्न स्वाश्थ्य सम्बन्धी उद्धार र परोपकारी कामहरु हुनुले पनि सँकटका बेलामा परोपकारी भावना सबै मानिसमा एकै प्रकारले पैदा हुन जान्छ भन्रने देखाऊँछ।

अहिले कोभिड-१९ को सँकँटको घडीमा भुगोलभर छरीएर रहेका मानव जातीको विभिन्न समुदायहरु एक सिँगो परिवारको सदश्य समान बनेको छ र आवश्यकता अनुसार ज्ञान, सुचना, औषधि र स्वास्थ्य सामाग्री र उपकरणहरुको लेनदेनमा आपसी विश्वास, प्रेम र सद्भाव प्रकट गरेर मानव जातीलाइ सुरक्षीत भविष्यका लागि तयार गराउँदैछ भन्ने प्रमाणित गरेको छ । यसरी मानिसहरु सामान्य अबस्थामा एक्ला एक्लै जस्तो गरेर आ-आफ्नो बाटो समातेर हिँडे पनि सँकटका बेला एकताबद्ध भएर समस्या सामाधानमा जुट्नुलाइ सहजकालको फट्याँग्रो सँकटकालमा सलह बने जस्तै सँशारभर छरिएर रहेका मानिसहरु पनि एक सिँगो बथान भएर यसरी सकारात्मकता तिर लाग्नुले मानव जातीको भविष्य अझै पनि सुनिश्चित छ भन्ने आशा र भरोसा देखाऊँछ ।
(लेखक हिकाष्टमा आवद्ध हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares