तरकारी बेर्ना उत्पादन तथा नर्सरी र व्यवस्थापन

तरकारी बेर्ना उत्पादन तथा नर्सरी र व्यवस्थापन

तरकारी खेती व्यवसायमा नर्सरीमा बेर्ना उत्पादन र व्यवस्थापन पक्ष ज्यादै महत्वपूर्ण मानिन्छ । तरकारी खेती दुई तरिकाबाट गरिन्छ ।

१) सोझै तरकारीका बीउलाइ जमीनमा रोपर जस्तै :— सिमी, बोडी, केराउ, बकुल्ला, चम्सुर, पालुङ्गो, मेथी, धनिया, सुप, मुला, सलगम, गाजर आदि ।

२) तरकारीको बिउलाई सानो जमीनमा उमारेर ४ देखि ६ पातका बेर्ना भएपछि मात्र जमीनमा रोपिन्छ यस्ता तरकारीका बिउलाई नर्सरीको आवश्यकता पर्छ । जस्तै :— काउली, बन्दा, ब्रोकाउली, गोलभेडा,

भण्टा, भेंडे खुर्सानी, खुर्सानी, आदि । तरकारीको बीउ छरेर वा रोपेर बेर्ना हुर्काउन प्रशस्त प्राङ्गारीक पदार्थ भएको दोमट माटो, सिंचाईको सुविधा भएको, प्रकाश र सापेक्षिक आद्र्रता र तापक्रमको प्रभाव अनुकूल भएको वा अनुकूल बनाईएको स्थानमा तरकारी बालीका बीउलाई विशेष किसिमले तयार पारिएको नर्सरी ब्याडमा होसियारी साथ रोप्ने, उमार्ने, स्याहार सम्भार गर्ने, मलजल गर्ने, गोडमेल गर्ने, हुर्काउने, बेर्ना उखेल्नेदेखि खेतबारीमा सार्ने अथवा बिक्री वितरण गर्नेसम्मको सम्पूर्ण कार्यलाई बेर्ना उत्पादन तथा नर्सरी व्यवस्थापन भनिन्छ ।

नर्सरीको महत्व :—

– महंगो बीउको मितव्ययिता हन्छ ।

– सानो ठाँउमा अधिक बीजाकुरण गर्न सकिन्छ ।

– हेरचार र सुरक्षा गर्न सजिलो हुन्छ ।

– अनकुल वातावरण नभएको अवस्थामा पनि अनुकुल वाताबरणका श्रृजना गरि बेर्ना उत्पादन गर्न सकिन्छ ।-( व्यावसायिक रुपमा बेर्ना उत्पादन गरि बिक्रि बितरणबाट प्रशस्त आय आर्जन गर्न सकिन्छ ।

– व्यवसायिक तरकारी खेतीमा बाली पात्रो अनुसार बाली लगाउन सहयोग मिल्छ ।

– आफै्ले बेर्ना उत्पादन गरि ब्याबसायिक तरकारी खेती गर्दा अरुको जमीनबाट सर्ने रोगबाट बाली बचाउन सकिन्छ ।

जग्गा छनौट :—

नर्सरीको लागि जग्गा छनौट गर्दा प्रशस्त प्राङ्गारिक पदार्थ भएको खुकुलो दोमट माटो, सिंचाई सुविधा भएको, प्रकाश, सापेक्षिक आद्र्रता र तापक्रमको प्रभाव अनुकूल भएको स्थान छनौट गर्नु पर्दछ । घाम नलाग्ने, चिसो तापक्रम भएको ठाउँमा बीउ उम्रन र बेर्ना बढ्न लामो समय लाग्दछ भने बढी घाम लाग्ने ठाउँमा बेर्ना ओईलाउँदछ । जग्गा छनौट गर्दा सकेसम्म पारिलो, ठूलो रुख नभएको, पानी र निकासको राम्रो प्रबन्ध भएको, घर नजिकको स्थान भए काम गर्न सजिलो हुन्छ । माटोमा बिरुवालाई चाहिने सबै प्रकारको पोषकतत्व हुन आवश्यक हुन्छ । माटोको भौतिक गुण सुधार गर्न बालुवा १ भाग, प्राङ्गारिक मल १ भाग, पाङ्गो माटो १ भाग तथा आवश्यकता अनुसार रासायनिक मलखाद हाली माटो सुधारगरी उर्वरायुक्त बनाउन सकिन्छ ।

जमिन तयारी र ब्याडको निर्माण :—

माटो राम्रोसँग तयारगरी सकेपछि ब्याडको तयारी शुरु गर्नु पर्दछ । नर्सरी ब्याडको चौडाई १ मिटर र लम्बाई ५ मिटर वा आवश्यकता अनुसार थपघट गर्न सकिन्छ । दुई ब्याडको बीचमा ३० देखि ४० से.मि. चौडा कुलेसो हुनु पर्दछ । सबै ब्याडमा सिंचाई र निकासको सुविधा पुग्नेगरी कुलेसो निर्माण गर्नु पर्दछ । ब्याडको माटो पूनः १–२ पटक हलुकासँग खनी बाँकी रहेका झारपात, ढुङ्गा हटाई डल्लाडुल्ली फोरी बुरबराउँदो बनाउनु पर्दछ ।

मलखाद :—

राम्रो धुलो कम्पोष्टमल — २ के.जी., प्रति बर्ग मिटर ।
डि.ए.पि. — २२ ग्राम, प्रति बर्ग मिटर ।
युरिया — १४ ग्राम, प्रति बर्ग मिटर ।
पोटाँस — १६ ग्राम, प्रति बर्ग मिटर ।

माटो तायार पारिसके पछि बीउ राख्नु ७ दिन अगाबै माटोमा माथि उल्लेखित मलखाद मिलाई राख्नु पर्छ ।

माटो उपचार :—

१) माटोलाई आगोमा तताई भुटेर ।
२) नर्सरी ब्याडलाई टम्म ७ दिनसम्म सेतो प्लाष्टिकले छोपेर घाम बाट माटो उपचार ।
३) उमालेको तातो पानीले माटो भिजाएर ।
४) बजारमा पाइने रासानिक बिषादि बाट ।

नर्सरी ब्याडमा माटोको उपचार गर्नु पनि त्यतिकै आवश्यक हुन्छ । अझ पटक पटक एउटै ठाउँमा नर्सरी राख्नु पर्ने अवस्थामा त माटोको उपचार अनिवार्य नै हुन्छ । रासायनिक बिषादीबाट माटो उपचार गर्दा कपर क्सील्कोराईड ३ ग्राम १ लिटर पानीका दरले मिसाई प्रति बर्ग मिटर ३ लिटरका दरले माटो भिजाउने र माटोमा भएका हानिकारक किराको लागि क्यालडान ४ जी. १ ग्राम १ बर्ग मिटर वा ल्कोरोपाईरिफस ३ एम.एल. १ लिटर पानीका दरले राखि प्रति बर्ग मिटर ३ लिटरका दरले नर्सरी ब्याडलाई भिजाउने । रासायनिक विषादीको सट्टामा जैविक प्रविधिबाट पनि हानिकारक जीवहरुको नियन्त्रण गर्न सकिन्छ ।

नर्सरी ब्याडको निर्माण :— तरकारी बेर्ना उत्पादन गर्न नर्सरी ब्याड २ किसिमले बनाईन्छ (१) बर्षे नर्सरी ब्याड, बर्षात धेरै हुने समयमा (२) हिउँदे नर्सरी ब्याड, बर्षात नहुने समयमा ।

१) बर्षे नर्सरी ब्याडको निर्माण — वर्षात्को समयमा अर्थात–जेष्ठदेखि भाद्रसम्म नर्सरी तयार गर्नु पर्ने हुनाले लम्बाई ५ मिटर वा आवश्यकता अनुसार र चौडाई १ मिटर राखी जमीनको सतहबाट १५ देखि २० से.मि.उठाई ड्याङ्ग बनाउनु पर्दछ । दुई ब्याड÷ड्याङ्ग बीचमा गोडमेल वा सिंचाई गर्र्न, हिडडुल गर्न,बीरुवाको स्याहार संभार गर्न सजिलाको लागि ३०–५० से.मी. फरक कुलेसो राख्न सकिन्छ । वर्षात्मा बेर्ना तयार गरिने हुनाले पानीको निकासका लागि नर्सरी ब्याड वरिपरि कुलेसो बनाई सबै नर्सरी प्लटहरुबाट पानीको निकासको ब्यबस्था मिलाउनु पर्छ ।

हिउँदे नर्सरी (गहिरो नर्सरी ब्याड) :- ल्पाष्टिकको घर भित्र वा पानी कम पर्ने सुख्खा समयमा हिउदे ब्याडको निर्माण गरिन्छ । बर्षात पश्चात असोजदेखि जेष्ठ महिनासम्म बेर्ना उत्पादनको लागि हिउदे ब्याड बनाउन सकिन्छ । ब्याडको लम्बाई ५ मिटर वा जमिन र आफ्नो आवश्यकता हेरी चौडाई १ मिटर, बिचमा ३० से.मी.चौडा १५ से.मी उठेको आली हुन्छ भने ब्याड १५ से.मी दबेको हुन्छ ।

हिउँदे नर्सरी (गहिरो नर्सरी ब्याड)

नर्सरी ब्याडमा बीउ रोप्ने तरिका : — मल, माटो मिसाई तयार भएको ब्याडमा चुच्चे कुटो वा छेस्काले ८–१० से.मी.को फरकमा लाईन कोरेर बेर्ना–बेर्ना बीच ४–५ से.मी. को दूरि कायम हुनेगरी १–२ से.मी. को गहिराईमा बीउ रोप्नु पर्छ । बीउ लाईनमा रोप्दा मुठीमा लिएर बुढी औंला, चोर औंला र माझी औंलाको सहायताले लाईनमा खसाल्दै जानु पर्दछ । बीउ पातला ेगरी खसाल्नु पर्दछ किन भने बीउ बाक्लो गरी उम्रेमा बेर्नाको वृद्धि विकासमा असर पर्छ र स्वस्थ बेर्ना उत्पादन नहुन सक्छ । बीउ पातलो गरी खसाल्न बीउमा ४–५ भाग बालुवा वा धुलो मल मिसाएर छर्नु राम्रो हुन्छ । लाईनमा बीउ खसाली सकेपछि त्यस लाईनमा हल्का माटो वा धुलो मलले पुरिदिनु पर्छ । बीउ पुरेको माथि सुकेको घाँस जुटको बोरा वा परालको पातलो तहले माटो नदेखिने गरी छोपी दिनु पर्छ । छोपी सकेपछि फोहोरा वा झारीले एकनाससँग पानी हाली ब्याडलाई भिजाउनु पर्छ ।

नर्सरी बेर्ना तयार गर्ने तरिका :— बीउ रोपेको ४–५ दिन पछि (औसतन २०–२५० सेल्सियसको तापक्रममा) तरकारी बीउहरु उम्रन थाल्छन् । बीउ उम्रन थालेपछि छोपेको पराल वा सुकेको घाँस विस्तारै साँझ पख कलिलो घाममा हटाई दिनु पर्छ । उम्रेको कलिलो बेर्नालाई वर्षात्को दर्कने पानीबाट बचाउन ब्याड माथि प्लाष्टिकको आधा खुलेको टनेल वा गुमोज बनाउनु पर्दछ । बेर्ना चार पाते भएपछि आवश्यक परेको खण्डमा यूरिया मल १ ग्राम प्रति लिटर पानीका दरले घोल बनाई अथवा १ भाग गाईको गहूँतमा ५ भाग पानी मिसाई ब्याडमा छर्केमा बिरुवा चाँडै हुर्कन्छ र रोगकीराको नियन्त्रण गर्न पनि सघाउ पुग्छ । बीउ उम्रेको ४ देखि ६ हप्ता पछि बेर्नाहरु निश्चित खेतबारीमा सार्न लायक हुन्छन् । साधारणतया ४ वर्ग मिटरमा तयार गरिएको बेर्नाले एक रोपनी जग्गामा लगाउन पुग्दछ ।

बेमौसमी तरकारी उत्पादन गर्न नर्सरी ब्याडको तयारी :— प्रतिकुल मौसम अर्थात् ज्यादा गर्मी र ओसिलो, ज्यादा चिसो र तुषारो पर्ने तथा बढी वर्षा हुने मौसममा पनि विभिन्न प्रविधिहरुको प्रयोगगरी सामान्य मौसम भन्दा अगाडि र पछाडी बेर्ना तयारगरी बजारमा बाह्रै महिना तरकारीको उपलब्धता कायम गर्न तथा बढी फाइदा लिने उद्देश्यले तरकारी उत्पादन गर्ने कार्यलाई बेमौसमी तरकारी उत्पादन भनिन्छ ।

बेमौसमी तरकारी उत्पादनको लागि निम्नानुसारको तरिका अपनाई बेमौसमी बेर्ना उत्पादन गर्न सकिन्छ ।

– प्लाष्टिक थैलामा बीउ रोपेर बेर्ना तयार गर्ने तरिका
– गमला, काठको बाकस, ट्रे आदिमा बीउ रोपेर बेर्ना तयार गर्ने तरिका
– प्लाष्टिकको गुमोज वा टनेल बनाएर बेर्ना तयार गर्ने तरिका
– प्लाष्टिक घर बनाएर बेर्ना तयार गर्ने तरिका

लाष्टिक थैलामा बीउ रोपेर बेर्ना तयार गर्ने तरिका :— यस तरिकामा प्लाष्टिकको थैलामा माटोभरी बीउ रोपेर नर्सरी बेर्ना तयार गरिन्छ । बीउ रोप्ने आवश्यक आकारको प्लाष्टिक थैलामा आधा भन्दा तल्लो भागमा पानी निकासका लागि ५–६ वटा प्वाल पार्नु पर्दछ । माटोलाई धुलो बनाई त्यसमा भएका झारपात र ढुङ्गा छानेर निकाल्ने । चिम्टाइलो माटो छ भने १ भाग माटो, १ भाग बालुवा र १ भाग पाकेको कम्पोष्ट मल वा गोबर मल राखी मिश्रण तयार गर्नु पर्दछ । माटो बलौटे छ भने बालुवा मिसाउनु पर्दैन । तयारी माटो÷मिश्रणलाई ४”× ३” साइजको प्लाष्टिक थैलामा १ से.मी. भाग माथिबाट खाली राखेर भर्ने । माटो भरिएको प्लाष्टिक थैलामा २÷२ दानाका दरले २–३ से.मी. को गहिराईमा बीउहरु रोप्नु पर्दछ । यसरी राखि सकेपछि थैलाहरुलाई परालले छोपी समय समयमा हजारीले पानी पटाउने गर्नु पर्दछ । बीउ उम्रन थालेपछि पराल हटाई दिनु पर्दछ ।

प्लाष्टिक थैलाहरुलाई घाम, पानी तथा तुषारोबाट जोगाउन एक स्थानबाट अर्को सुरक्षित स्थानमा लैजान सकिन्छ भने प्लाष्टिक थैलामा रोपिएका बेर्ना उमार्नका लागि प्लाष्टिकको गुमोज बनाएर पनि राख्न सकिन्छ र दिनको २ पटक माटोको अबस्था हेरि बिहान र बेलुका पानी पानी दिनु पर्छ । घाम लाग्दा प्लाष्टिक उघारी दिने, पानी पर्दा र राती हुँदा छोपी दिने गर्नु पर्दछ । यसरी रोपिएका बीउहरुबाट गर्मी समयमा २०–२५ दिन र जाडो समयमा ३० देखि ४५ दिनमा सार्नयोग्य बेर्ना तयार हुन्छन् । यस तरिकामा लहरेबाली समूह जस्तै काँक्रो, फर्सी, करेला, घिरौंला, लौका, स्क्वास जस्ता बालीहरुको बेर्ना तयार गर्ने गरिन्छ ।


गमला, काठको बाकस, ट्रे आदिमा बीउ रोपेर बेर्ना तयार गर्ने तरिका :—
यस प्रविधिमा आ–आफ्नो ठाउँमा उपलब्ध हुन सक्ने स्थानिय श्रोत–साधनहरु जस्तै, गमला, बिस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस, काठको ट्रे, प्लाष्टिकका बाटा आदि सामाग्रीहरुलाई प्रयोग गर्न सकिन्छ । साधारणतया १.५ फिट चौडाई र २ फिट लम्बाई र १५–२० से.मि. गहिराई भएको संरचना उपयुक्त हुन्छ । उल्लेखित संरचनामा पानी तर्काउन मिल्नेगरी स–साना प्वालहरू बनाई माथि उल्लेख गरिए अनुसारको माटो र मलखादको मिश्रण भरी नर्सरी तयार गर्न सकिन्छ । भरेको मिश्रणलाई एक पटक हजारीले राम्ररी भिज्नेगरी पानी दिई केही ओभाए पछि बीउ खसाल्नु पर्दछ ।चित्र नं. ३ प्लाष्टिक थैलामा बेर्ना उमार्ने तयारी गरेको

माथिबाट जुटको बोरा वा परालले हलुका छोपे पछि हजारीले हल्का सिंचाई गरिदिनु पर्दछ । यस तरिकाबाट तयार गरिएको नर्सरीलाई आवश्यकता अनुसारको ठाउँमा सार्न मिल्ने हुनाले घाम, पानीको आवश्यक व्यवस्था मिलाउन सजिलो पर्दछ । करेसाबारीको लागि थोरै थोरै बेर्ना चाहिएमा अथवा अगौटे पछौटे गरी उत्पादन लिन मन लागेमा यस किसिमबाट खेर जाने भाँडा र ठाउँको सदुपयोग गरी बेर्ना तयार गर्न सकिन्छ ।

प्लाष्टिकको गुमोज वा टनेल (Tunnel) बनाएर बेर्ना तयार गर्ने तरिका :— प्लाष्टिक र बाँसका भाटा वा निगालाको सहायताले घोप्टो अर्धचन्द्राकार आकृतिमा बनाईने सुरुङ्गलाई प्लाष्टिक गुमोज वा टनेल भनिन्छ । टनेलको लम्बाई जग्गाको साईजमा निर्भर गर्दछ । यस प्रविधिमा १ मिटर चौडाई र १० मिटर लम्बाई भएको टनेल बनाउन २÷२ मिटर लामो एकनासको निगालो वा २÷२ मिटरको लम्बाईमा बाँसलाई काट्ने र बाँसको कप्टेरा (भाटा) निकाल्ने । यसरी निगाला वा बाँसका भाटा २२ वटा, १७५ से.मि. चौडाई भएको सेतो प्लाष्टिक १२ मिटर आवश्यक पर्दछ । प्लाष्टिक टनेल बनाउनु भन्दा अगाडि १ मिटर चौडाई, १० मिटर लम्बाई र १५ से.मि. उठेको नर्सरी ब्याड तयारगरी त्यसमा मलखाद हालेर बीउ रोप्ने र पराल वा सुकेका घाँसपातले छापो हाल्ने काम गर्नु पर्छ ।

त्यसपछि उक्त नर्सरी ब्याडमा निगाला वा बाँसको भाटालाई दुबै छेउ तिखारेर ब्याडको चौडाई तिरबाट ५०÷५० से.मी.को फरकमा घोप्टो अर्धचन्द्राकारमा गाड्ने र सेतो प्लाष्टिकले ढाकेर एकपट्टी छेउ धेरै ढुङ्गाले थिचि दिने भने अर्को भागमा केही ढुङ्गाले थिचिदिने । यसरी टनेल तयार गरी सकेपछि मौसम हेरी दिनको २ पटक बिहान बेलुका पानी छर्की रहनु पर्दछ । प्लाष्टिकको गुमोज बनाई पानी पर्दा र रातको समयमा छोपी दिनु पर्दछ भने घाम लाग्दा प्लाष्टिक हटाई दिनु पर्दछ । यस प्रविधिबाट जाडो मौसममा पनि लगभग २५–३०० सेन्टिग्रेड तापक्रम कायम हुन गई बीउ सजिलै उम्रन्छ । यो विधि अपनाई सकेपछि गर्मीमा २० देखि २५ दिनमा र जाडोमा ३० देखि ४५ दिनमा बेर्ना सार्न तयार हुन्छ । प्लाष्टिक गुमोजको उचाई बढीमा १ मिटर हुने भएकोले टनेल भित्र मानिस ओहोरदोहोर गर्न मिल्दैन ।यस प्रविधिबाट काउली, बन्दा, ब्रोकाउली, काँक्रा, फर्सी, घिरौंला, लौका, करेला, तरबुजा, खरबुजा गोलभेंडा, भन्टा, भेंडे खुर्सानी, प्याज आदि तरकारी बालीको बीउ रोपेर बेर्ना तयार गर्न सकिन्छ ।

प्लाष्टिक घर (Plastic House) बनाएर बेर्ना तयार गर्ने तरिका :— प्लाष्टिक घरमा तरकारी बेर्ना उत्पादनलाई चाहिने वातावरण सिर्जना गरी प्रतिकूल मौसममा पनि तरकारी बेर्ना उत्पादन गर्न सकिने प्रविधि हो । यस प्रबिघिमा घाम, पानी र हावाहुरीबाट बेर्ना लाई क्षति हुनबाट बचाउन सकिन्छ भने जाडो मौसममा तापक्रम बढाई बेर्ना हुर्काउन सजिलो हुन्छ । प्लाष्टिक घरको उचाई करिब ३ मिटर हुने हुँदा यस भित्र विभिन्न कृषि कर्म गर्न मानिसहरु सजिलैसित आवतजावत गर्न सक्दछन् ।

प्लाष्टिक घर ५ मीटर चौडाई, ३ मिटर उचाई र १५–२० मीटर लम्बाईको बनाउँदा राम्रो हुन्छ । तर लम्बाईको हकमा भने जग्गाको साईज हेरेर लम्बाई घटबढ गर्न पनि सकिन्छ । प्लाष्टिक घर भित्र चौडाई १ मिटर, उचाई १५ से.मि. र लम्बाई १० मिटरको नर्सरी ब्याड तयार गर्दा ५ मिटर चौडाई भएको प्लाष्टिक घरमा ४ वटा नर्सरी ब्याड तयार हुन्छ । दुई ब्याडको बीचमा ३५ से.मि.को आली बनाउनु पर्छ । नर्सरी ब्याडमा मलखाद हालेर बीउ रोपी विभिन्न तरकारी बालीहरुका बेर्ना तयार गरिन्छ । यो प्रविधि विशेषतः गोलभेंडा, भन्टा, भेंडे खुर्सानी, पिरो खुर्सानी, अकबरे खुर्सानी, काँक्रो, तिते करेला आदि तरकारी बालीहरु उत्पादन गर्न प्रयोग गरिन्छ ।

नर्सरी ब्याडमा गोडमेल र सिँचाई :— नर्सरीमा बीउ छरी सकेपछि तरकारीका बीउ भन्दा घाँसपातको बीउ चाँडै उम्रेर तरकारी बेर्नासँग प्रतिस्पर्धा गर्न थाल्दछन् । त्यस्तो अवस्थामा दुई धर्का (लाईन) को बीचबाट चुच्चे कुटोले खनेर झारपात टिपी हटाउनु पर्दछ अन्यथा बेर्ना हुर्कन सक्दैन । नर्सरीमा झारपात देखापरेको अवस्थामा बिरुवाको जरा नखलबलाउने गरी गोडमेल गर्नु पर्दछ ।
माटोको चिस्यान अनुसार बीउ र बेर्नाहरुको वृद्धि विकास हुने भएकोले माटोमा आवश्यक चिस्यान कायम राख्न आवश्यकता अनुसार दैनिक १ पटक वा १ दिनको फरकमा बिरुवाको अवस्था र माटोको सुख्खापनालाई ध्यानमा राखी नर्सरीमा हजारीले सिँचाई गर्नु पर्दछ ।

नर्सरी ब्याडमा लाग्ने रोग र कीराहरुको नियन्त्रण :— नर्सरी ब्याडमा रोग तथा कीराहरुको आक्रमण बराबर भै रहन्छ । ब्याडमा बेर्नाको फेद कुहिने रोग (Damping Off) प्रमुख छ । यो ढुसीजन्य रोग हो । यसले बीउ, बेर्ना र हुर्की सकेका बेर्नाहरुलाई हानी गर्दछ । ब्याड बढी चिसो भएमा तथा पानीको निकास राम्ररी नभएमा बेर्ना कुहिने रोग अत्यधिक लाग्दछ । यस रोगको रोकथामको लागि ब्याडमा माटो उपचार, बीउको उपचार, ब्याडको सरसफाई तथा गुणस्तरीय बीउको प्रयोग गर्नु पर्दछ । बेर्ना हुर्केपछि रोगको आक्रमण भएमा रोगनाशक विषादि डायथेन एम ४५, ब्लाईटक्स ५० वा मेन्कोजेब भएको विषादि २ ग्राम प्रति लिटर पानीमा मिसाई बोट तथा माटो भिज्नेगरी छर्नु पर्छ । फेद कुहिने रोगलाई नियन्त्रण गर्न ट्राईकोडर्मा भन्ने जैविक विषादि पनि प्रयोग गर्न सकिन्छ ।

कीराहरुमा बेर्नाको पात प्वाल पार्ने, रस चुस्ने, फेद काट्ने र पात खाने कीरा प्रमुख छन् । यी कीरा लागेमा १ लिटर पानीमा २ मि.लि. नुभान वा मालाथायन विषादि मिसाई बिरुवा भिज्नेगरी छर्कनु पर्दछ । यी बाहेक नीम, तीतेपाती बिरुवाका रस छर्केर पनि कीराहरु नियन्त्रण गर्न सकिन्छ । कीराहरुलाई नियन्त्रण गर्न जैविक विषादी कम्पोष्ट मलमा मिसाई वा सोझै ब्याडमा पनि प्रयोग गर्न सकिन्छ र बीउमा पनि प्रयोग गर्न सकिन्छ । बीउमा विषादि प्रयोग गर्दा जैविक विषादिलाई लेदो बनाई बीउमा दलेर घाम नलाग्ने ठाँउमा सुकाउनु पर्दछ ताकि बीउ उक्त विषादिले लपेटियोस ।

बेर्ना तयारी :- धेरैजसो तरकारीका बेर्नाहरु रोपेको ४–६ हप्तामा मुख्य खेतबारीमा सार्नलायक हुन्छन् । यसरी बेर्ना तयार भएपछि ब्याडबाट बेर्ना उखेल्नु अगाडि जराको वरिपरिको माटो भिज्नेगरी पानी दिनु पर्छ । बेर्ना उखेल्दा जरा नचँुडिनेगरी कुटो वा खुर्पीले माटै सहित उखेली सार्नु पर्दछ । साधारणतया काउली बाली समूहका तरकारीहरु बाहेक अन्य तरकारी बालीका बेर्नाहरु यसरी ब्याडबाट सोभैm खेतबारीमा सार्न सकिन्छ ।

निष्कर्ष :- नर्सरी स्थापना तथा व्यवस्थापन गर्ने कार्य तरकारी खेती व्यवसायको लागि ज्यादै महत्वपूर्ण अंग हो । बीउ वा बिरुवा असल र राम्रो भए मात्र उत्पादन राम्रो हुन्छ । अन्यथा मलजल, गोडमेल आदिले मात्र उत्पादन राम्रो हुँदैन । अतः नर्सरी बिरुवा उत्पादनमा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares